मिसन ८४ मा बहुमत प्राप्त पार्टी बनाउन छलफल केन्द्रित
सरकारको समीक्षा गर्ने बेला भएको छैन, साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेका छौं : एमाले
काठमाडौं : नेकपा एमालेले संसद र सरकारको कामलाई प्रभावकारी बनाउने कामका विषयमा सत्ता पक्षमा रहेका राजनीतिक दलबीच छलफल भइरहेको बताएको छ। एमाले सचिवालय बैठकपश्चात एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलबीच न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल गरेर कामलाई व्यवस्थित बनेको जानकारी दिए।
उनले कार्यदल बनाएर काम अगाडि बढिरहेको बताए। पोखरेलले सरकारको कामको समीक्षा गर्ने समय सुरु भइ नसकेको बताए।
यसैगरी मिसन ८४ मा कसरी पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउने भन्ने विषयलाई प्राथमिकता राखेर पार्टी अगाडि बढ्ने निर्णय गरेको उनले बताए। पोखरेलले भने,‘बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणको सोच अन्तर्गत मिसन ८४ मा कसरी पार्टीलाई बहुमत प्राप्त पार्टी अगाडि बढाउने भन्नेबारेमा छलफल गरिएको छ।’
पोखरेलले पार्टी नेता/ कार्यकर्तालाई जनताका लागि प्रिय र स्वीकार्य बनाउने स्थिति बनाउन कामलाई अगाडि सारिएको बताए।