बागलुङमा सरकारी गाडी दुर्घटना : घटनास्थलमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको कागजपत्र फेला

बागलुङमा सरकारी गाडी दुर्घटना : घटनास्थलमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको कागजपत्र फेला

रुकुमपूर्व  : बागलुङमा सरकारी गाडी  दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।  एकजना गम्भीर घाइते भएको बुझिएको छ । घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको गाडी  रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ। रा १ झ २०० नम्बर प्लेटको सरकारी गाडी शुक्रबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटना स्थलमा दुईजना महिला र एकजना पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा परेको  हुनसक्ने आशंका  गरिएको छ । घटनास्थलमा सो गाउँपालिकाका उपाध्यक्ष बुढाको आइडी कार्ड पनि भेटिएको प्रहरीले जनाएको छ।

शुक्रबार  बिहान दुदीलाभाटीका प्रेमबहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घटनाग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुथा उत्तर गंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढाको आइडी कार्ड पनि भेटिएको छ ।  बाग्लुङ प्रहरीका अनुसार घटनाको थप विवरण खुल्न बाँकी रहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.