मोरङमा स्कुटर दुर्घटना : चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

मोरङमा स्कुटर दुर्घटना : चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको मिक्लाजुङमा स्कुटर दुर्घटना हुँदा बिहीबार दिउँसो चालकको घटनास्थलमै मृत्यु भएको छ । आफैं अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा पछाडि सवार व्यक्ति घाइते भएका छन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार किसान चोकबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४०६४ नम्बरको स्कुटर मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोकस्थित जंगलमा बिहीबार दिउँसो ४ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर स्कुटर चालक झापाको मेचीनगर नगरपालिका–१ का अन्दाजी ५५ वर्षीय कृष्ण थुलुङको घटनास्थलमै मृत्यु भएको जानकारी उनले दिए ।

दुर्घटनामा स्कुटरको पछाडि सवार मिक्लाजुङ गाउँपालिका–६ का अन्दाजी ५० वर्षीय रमेश राई गम्भीर घाइते भएका छन् । राईको उपचार जारी रहेको प्रहरीले जनाएको छ । स्कुटर आफैँ अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.