‘सिट क्षमताभन्दा बढी यात्रु नचढाउनू’
काठमाडौं : सर्वोच्च अदालतले सार्वजनिक यातायातका साधनमा रहेको सिट क्षमताभन्दा बढी यात्रु नचढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले निर्धारित सिट क्षमताभन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउन र सवारीभित्र यात्रुको इच्छाविपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउन मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। टंकप्रसाद भट्टराईलगायतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायतलाई विपक्षी बनाइएको छ।