वाणिज्य सचिवमा कार्की, बुर्लाकोटीलाई तथ्यांक कार्यालयमा सरुवा
काठमाडौं : सरकारले वाणिज्य मन्त्रालयको सचिवमा गोविन्दबहादुर कार्कीलाई ल्याएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई वाणिज्यमा ल्याएको हो।
हालै सचिवमा बढुवा भएका कार्कीलाई वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
त्यस्तै वाणिज्य सचिव मधु सुदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ। तथ्यांक विभागका प्रमुख गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाएपछि सरकारले बुर्लाकोटीलाई तथ्यांक कार्यालयको प्रमुखकको रूपमा सरुवा गरिएको हो।
त्यस्तै मन्त्रिपरिषद् बैठकले ५१ जना सहसचिवको सरुवासमेत गरेको छ।