कहाँ गयो ५० लाख ?

‘प्रहरी हवल्दार छानबिन प्रकरण’

कहाँ गयो ५० लाख ?
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : क्यानडा बस्दै आएका आशिष आर्चाय केही दिनअघि प्रहरी नियन्त्रणमा परे। उनले अवैध क्रिप्टो कारोबार गरेको गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेको ४ दिनपछि ती युवकको क्यानडा फर्कने टिकट कन्र्फम गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार, प्रहरीले अनुसन्धान गर्ने क्रममा सूचनामा भनिए जस्तो केही पनि प्रमाणहरू फेला परेन। आशिषले नेपालमा अवैध क्रिप्टो कारोबार गरेको कुनै प्रमाण भेटिएन। उनीसँग क्यानडामै हुँदा खोलिएको क्रिप्टो अकाउन्ट त थियो तर कुनै कारोबार गरिएको थिएन। 

यसैले पनि प्रक्राउ गरेको तेस्रो दिन नै उनलाई प्रहरीले छाडिदियो। यो ३ दिनको बीचमा भने आशिषको केसमा खिचडी पाक्यो। उनलाई छुटाउन भन्दै उनका दिदीसँग ५० लाख रुपैयाँ लिएर बिचौलिया टाप कसे। यही मुद्दामा प्रहरी परिसर काठमाडौंका सहायक हवल्दार गणेश खड्काको भूमिका शंकास्पद रह्यो। हाल उनीमाथि छानबिन भइरहेको छ। आशिषको परिवारले ५० लाख रुपैयाँ गुमायो, प्रहरी कार्यालयको बदनाम भयो। 

आशिषले अवैध क्रिप्टो कारोबार गरेको सूचना दिने व्यक्ति थिए तेज तामाङ। जो क्यानडामै आशिषसँग बस्ने गर्थे। ४ महिनाअघि नेपाल आएका थिए। आशिषको कमाइ राम्रो छ, पैसावाल छ भन्ने बुझेका तेजले उनलाई नेपाल ल्याएर रकम ठगी गर्नका लागि प्रहरी कार्यालयको समेत दुरुपयोग गरे। 

आमा बिरामी भएको वहानामा आशिषलाई तेजले नेपाल बोलाएको देखिन्छ। नेपाल आएर आशिषले आमालाई घुमाउन मानसरोवरसमेत लगेका थिए। फर्कने टिकटसमेत उनै तेजले नै बुक गरिदिएका थिए। आशिषको विषयमा गलत सूचना दिएर पक्राउ गराएपछि तेजले आशिषको दिदीलाई फोन गरेर डर देखाउन थाले। आशिषलाई ५ वर्षसम्म जेल सजाय हुनसक्ने भन्दै तर्साउन थाले। यतिमात्रै नभएर उनले महिला आयोगको क्यान्टिनमा दिदीलाई बोलाएर आशिष जेलमै सड्ने बताए। खाजा समयमा सहायक हवल्दार गणेश खड्कालाई पनि उनले साथै लिएर गएका थिए। आशिषको केसमा ५ वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था भएको भन्दै हवल्दार खड्काले समेत आशिषको दिदीलाई विस्श्वास दिलाए। उनै प्रहरी हवल्दारको कुरा सुनेपछि तेजले आफूले केस मिलाउन सक्ने र यसका लागि ५० लाख रुपैयाँ लाग्ने भन्दै दिदीलाई बताए। पटक–पटक फोन गरेर तर्साउन थाले। भाइ जेलमा नै सड्ने चिन्ताले दिदीले सबैतिर हारगुहार गरेर पैसा जुटाइन्। तेजलाई पैसा बुझाइन्। सोही दिन आशिष छुटे। आशिष छुट्दा तेज फरार भइसकेका थिए। अर्को दिन आशिषको क्यानडा फर्कने टिकट थियो। प्रहरी परिसरमा ५० लाख रुपैयाँ बिचौलियाले खाएको विषयमा अहिले छानबिन भइरहेको छ। 

सहायक हवल्दार गणेश खड्का जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत छन्। मुद्दा शाखामा कार्यरत उनलाई नियन्त्रण लिएर छानबिन भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेका अनुसार सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भनेर आर्थिक कारोबार र चलखेल गरेको आशंकामा उनीमाथि छानबिन भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.