प्रहरीको विधि विज्ञान प्रयोगशालाको सई हुँ भन्दै ठगी

प्रहरीको विधि विज्ञान प्रयोगशालाको सई हुँ भन्दै ठगी
सुन्नुहोस्

दैलेख : नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको सई हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन्। प्रयोगशालाको सई हुँ भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सत्यनारायण चौधरीले जानकारी दिए।

दैलेखको गुराँस गाउँपालिका-६ का २७ वर्षीय विकाश बिसी र बाँकेको राप्तीसोनारी गाउँपालिका-७ लालपुरका ३६ वर्षीय लोकबहादुर खाणलाई पक्राउ गरिएको प्रहरी निरीक्षक चौधरीले बताए। प्रहरीका अनुसार बिसीलाई गुराँस गाउँपालिका-६ बाट र खाणलाई सुर्खेतको लेकबेसी नगरपालिका-२ दशरथपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिलाई दैलेख जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक चौधरीले बताए।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाकी तुल्सी अधिकारीले आफू ठगीएको भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन्। पूर्णबहादुर देउवा नाम बताउने लोकबहादुर खाणले ‘म विधि विज्ञान प्रयोगशालाको प्राविधिक प्रहरी नायव निरीक्षक (सई) हुँ, तपाईँको आफन्तको स्वास्थ्य परीक्षण प्रतिवेदन छिटो पठाइदिन्छु, मेरो लेखापाल विकास बिसीको खातामा रकम जम्मा गरिदिनुस’ भन्दै अधिकारीलाई फोन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। 

अधिकारीले स्वास्थ्य परीक्षण प्रतिवेदन छिटो आउने विश्वासमा परी ५८ हजार दुई सय पैतिस रुपैयाँ रकम बिसीको खातामा जम्मा गरेकी थिइन्। 
प्रहरी निरीक्षक चौधरीका अनुसार पक्राउ परेका खाणले दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेहथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँकेलगायत १६ जिल्लाका व्यक्तिलाई ठगी गरेको खुलेको छ। 

ती जिल्लाका व्यक्तिहरुका आफन्तको विभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परिक्षणको क्रममा संकलन भएको स्वाव परिक्षणको परीक्षण प्रतिवेदन चाँडो झिकाएर मुद्दा मिलाई मानिस छुटाइदिन्छु भन्दै सम्पर्क गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। हालसम्मको अनुसन्धानबाट विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूबाट मुद्दा मिलाई दिन्छु भनी नगद पाँच लाख छ हजार पाच सय पैतीस रुपैयाँ ठगी गरेको खुल्न प्रहरी निरीक्षक चौधरीले बताए। 

‘प्रहरीको नियन्त्रणमा रहेका खाणले मोबाईलमा ‘म विधि विज्ञान प्रयोगशालाको प्राविधिक प्रहरी नायव निरीक्षक (सई) हुँ, तपाईँको परीक्षण प्रतिवेदन पठाई दिन्छु र तपाईको मान्छे कारागार कार्यालयबाट छुटाई दिन्छु,’ भनी आफ्नो आफन्त र चिनजानका ब्यक्तिहरुको खाता नं. दिई सोही खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भनी खुल्न आएको छ,’ प्रहरी निरीक्षक चौधरीले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.