नेपाली युवाका लागि एसबीआई फाउन्डेशनको फेलोसिप आह्वान
काठमाडौं : एसबीआई फाउन्डेशनले नेपाली युवाहरूका लागि फेलोसिप आह्वान गरेको छ। 'युथ फर इन्डिया फेलोसिप' नाम दिइएको उक्त कार्यक्रमका लागि नागरिकता भएका नेपाली युवाहरूले आवेदन दिन सक्नेछन्।
१२औं व्याचका लागि आह्वान गरिएको फेलोसिप २१ देखि ३१ वर्षका युवाहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद स्प्टेम्बर १७ सम्म रहेको एसबीआई फाउन्डेशनले जनाएको छ। उक्त फेलोसिप कार्यक्रम १३ मिहनासम्म चल्नेछ।
अक्टोबर ७ देखि सुरू हुने उक्त कार्यक्रममा सहभागी उम्मेदवारहरूले ग्रामीण क्षेत्रमा दिगो विकास लक्ष्यहरू अगाडि बढाउन दृढतापूर्वक प्रतिवद्धता जनाउनुपर्ने छ। छानिएका उम्मेदवारहरू सुरुआती चरणमा तिलोनिया, किशानगढ र राजस्थानमा हुने कार्यक्रममा सहभागी हुनुपर्नेछ।
'यस कार्यक्रमले भारतमा ग्रामीण जीवनका चुनौतीहरूलाई सम्बोधन गर्न र विकसित क्षेत्रमा सक्रिय रूपमा योगदान गर्ने शहरी युवाहरूलाई एउटा अनुपम अवसर प्रदान गर्दछ। भारतीय स्टेट बैंक, भारतका प्रवासी नागरिकहरूलाई हामी स्वागत गर्न आतुर छौं,' एसबीआई फाउन्डेसनका प्रबन्ध निर्देशक तथा सीईओ सञ्जय प्रकाशले भने। उक्त फेलोसिपमा नेपाल र भुटानका युवाहरूको सहभागिता रहनेछ।
उक्त कार्यक्रम १२ वटा विषयमा केन्द्रित हुने बताइएको छ। जसमा स्वास्थ्य, ग्रामीण जीवन, खाद्य सुरक्षा, पर्यावरण संरक्षण, शिक्षा, पानी, प्रविधि रहेका छन्। त्यस्तै सशक्तीकरण, स्वशासन, सामाजिक उद्यमशीलता, परम्परागत शिल्प र वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताइएको छ।