खाद्य संकट र हाम्रो संस्कार

खाद्य संकट र हाम्रो संस्कार

खाद्यपदार्थ मानिसको जीवनको अनिवार्य अंश हो, जसले हाम्रो शरीरलाई आवश्यक पोषकतत्त्व र ऊर्जा प्रदान गर्दछ। यसको आधारभूत पोषणीय मूल्यबाहेक, खाना संस्कृति, परम्परा, र सामाजिक सम्बन्धसँग गहिरो रूपमा जोडिएको छ। यद्यपि, खेतबाट फोर्कसम्मको खाना यात्रा एक जटिल प्रक्रिया हो जसमा ठूलो ऊर्जा, श्रम र स्रोतहरूको आवश्यकता पर्छ। खपतको लागि लामो यात्रा गर्दै हाम्रो टेबुलमा तयार भएको ठूलो भागको खाना हाम्रै अति खाना मोह र अन्त्यमा खान नसकेर रछ्यानमा मिल्किन्छ। भर्खरै तीज पर्व सकियो। जुन महिनौंदेखि चल्यो भोज भतेरको उपक्रम, अब दसैं तिहार र छठजस्ता ठूला पर्वहरू संघारमा आइरहेका छन्। फेरि पाक्नेछन् मिष्ठान्न र मिल्काइने छ खाना रछ्यानमा। पार्टी प्यालेस र तारे होटेलहरूमा जम्मा भएका सिंगारिएर आफूलाई अप्सरा ठान्नेदेखि सुटेडबुटेड सज्जन मानिसहरू तथा भद्र महिलाबाटै खाना फाल्ने होड देखिन्छ सर्वत्र। जसले हाम्रो खाना खपत र खाद्य फोहोर व्यवस्थापनको दृष्टिकोणमा परिवर्तनको आवश्यकता देखाउँछ।

खाद्यको स्रोत

कृषि खाद्यको प्राथमिक स्रोत हो, जहाँ बालीहरू उब्जाइन्छन् र पशुहरू पालेका हुन्छन्। यो प्रक्रिया जमिनको तयारीबाट सुरु हुन्छ, जसमा हलो जोत्ने, बिउ छर्ने र मल छर्नेसम्मका कामहरू समावेश हुन्छन। पानी व्यवस्थापन, कीरा नियन्त्रण, मर्मतसम्भार स्वस्थ बाली वृद्धिको सुनिश्चित गर्ने प्रमुख चरणहरू हुन्। पशुपालनमा पनि जनावरहरूलाई खुवाउने, प्रजनन गराउने र हेरचाह गर्ने कार्यहरू समावेश हुन्छन्।

खेतबाट फोर्कसम्मको यात्रा

खेतबाट हाम्रो टेबलसम्मको खाना यात्रामा विभिन्न चरणहरू समावेश हुन्छन्। मौसम बालीहरू परिपक्व हुँदा काटिन्छ। यो चरणमा उल्लेखनीय म्यानुअल श्रम र मेसिनहरूको आवश्यकता पर्छ। प्रक्रिया कटानपछि बालीहरू प्रशोधन गरेर कच्चा माललाई उपभोग्य उत्पादनहरूमा रूपान्तरण गरिन्छ। यसमा सफाइ, क्रमबद्ध, प्याकेजिङ र केही अवस्थामा पिठो, तेल वा डिब्बाबन्द खाद्य पदार्थहरूजस्ता उत्पादनहरूमा थप प्रशोधनको काम समावेश हुन्छ।

ढुवानी प्रशोधित खाद्य वस्तुहरू विभिन्न बजारहरू र वितरण केन्द्रहरूमा ढुवानी गरिन्छ। यो चरणले इन्धनचालित सवारीसाधनहरूको प्रयोगमार्फत मुख्यतया ऊर्जा खपत र रसद योजना समावेश हुन्छ। खुद्रा खाद्य उत्पादनहरू खुद्रा बिक्रेताहरूमा पुग्छन्, जहाँ तिनीहरू भण्डारण, प्रदर्शन र उपभोक्ताहरूलाई बिक्री गरिन्छ। खुद्रा बिक्रेताहरूले खाद्य गुणस्तर र सुरक्षा मापदण्डहरू कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

उपभोग अन्ततः खाना उपभोक्ताको टेबलमा पुग्छ। यस चरणमा, खाना तयार गर्न र पकाउन थप ऊर्जा र स्रोतहरू समावेश हुञ्छ।खाद्य उत्पादन पछाडिको ऊर्जा सम्पूर्ण खाद्य उत्पादन प्रक्रिया ऊर्जागहन छ। यसमा कृषि कार्यका लागि मेसिनहरूको प्रयोग, यातायातको लागि इन्धन र प्रशोधन र भण्डारणका लागि बिजुलीको प्रयोग हुन्छ। त्यस्तै श्रम पनि एउटा महत्त्वपूर्ण घटक हो, किनभने मानव प्रयास लगभग हरेक चरणमा आवश्यक हुन्छ।

खाद्य फोहोरको वैश्विक समस्या

खाना उत्पादनमा व्यापक प्रयास र स्रोतहरू संलग्न भए तापनि, यसको ठूलो भाग बर्बाद हुन्छ। वैज्ञानिक अध्ययनहरूले जनाएअनुसार उत्पादन भएको लगभग आधा खाना कहिल्यै उपभोग हुँदैन। तयार भएको खानालाई राम्रोसँग नपस्कनु, अपर्याप्त भण्डारण सुविधाहरू र उपभोक्ताको व्यवहार जस्ता कारकहरूले गर्दा विभिन्न चरणहरूमा खाना खेर जान्छ।

खानाको सांस्कृतिक दृष्टिकोण

मैले हालसालै ‘इकीगाई’ नामक पुस्तक पढें। जापानी अवधारणाअनुसार इकीगाई, जसले जीवनमा उद्देश्य खोज्न जोड दिन्छ, सुखी रहन प्रेरित गर्दछ। खानाप्रति गहिरो सम्मान गर्दछ। ‘इकीगाई’ पुस्तकका अनुसार, जापानीहरू प्रायः आफ्नो भोकको केवल ८० प्रतिशतमात्र खान्छन् स्वास्थ्य कायम राख्न र बढ्दो खाद्य फोहोरबाट बच्न। यो अभ्यासले धेरै अन्य संस्कृतिहरूमा देखिने तयार खानालाई फोहोरमा मिल्क्याउने प्रवृत्तिप्रति तिखो व्यंग्य प्रहार गरेको छ। हिन्दु परम्परमा, हाम्रा पितृहरूले भगवान्लाई खाना चढाएर खान सल्लाह दिनुहुन्थ्यो। यसरी खपत गरिने खाना एक पवित्र प्रसादको रूपमा ग्रहण गर्ने परम्परा थियो। ‘अन्नम् ब्रह्मा, रसो विष्णु, भोक्ता देव महेश्वर’ भनेर खानालाई पुज्ने र सम्मान गर्ने परम्परा थियो।

विश्व भोकमरी सूचकांक

ग्लोबल हंगर इन्डेक्स जीएचआई अनुसार, २०२३ को अध्ययनले विश्वको सबैभन्दा कमजोर जनसंख्यामा धेरै परस्पर संकटहरूको विनाशकारी प्रभाव देखाएको छ। रुस र युक्रेनबीचको जारी टकराव, कोभिड—१९ महामारीको परिणाम र विश्वव्यापी जलवायु प्रकोपहरूले भोकमरीविरुद्धको लडाइँलाई रोक्न गाह्रो बनाएको छ। लगभग ४३ राष्ट्रहरूमा गम्भीर वा चिन्ताजनक भोकको स्तर देखिएको छ। नेपाल १२५ राष्ट्रहरूमध्ये ६९औं स्थानमा छ। २०२३ को ग्लोबल हंगर इन्डेक्सको लागि नेपालसँग स्कोर गणना गर्न पर्याप्त डाटा भएको जनाइएको छ। नेपाल १५ स्कोरसहित मध्यमस्तरको भोक भएको देश बनेको छ।

दुर्भाग्यवश, हालैको अनुसन्धानअनुसार, विश्वव्यापी खाद्य प्रणालीहरू र प्रविधिमा भएको विकासले व्यक्तिहरूले के र कति मात्रामा उपभोग गर्छन् भन्नेमा परिवर्तन ल्याएको छ, जसको परिणामस्वरूप एक अर्बभन्दा बढी मानिसहरू मोटोपनबाट पीडित छन्। मोटोपनको रूपमा कुपोषणले धेरै गैर–संक्रामक रोगहरू निम्त्याउन सक्छ। हामीले अत्यधिक र कम उपभोगबीच सन्तुलन कायम गर्न आवश्यक छ। यदि हामी साँच्चै जिम्मेवारीपूर्वक खाने व्यवहारलाई विचार गर्छौं भने संसारमा कुनै भोकमरी हुने छैन।

नेपाली परिदृश्य

नेपालमा भारतबाट खाद्यान्न आयातमा उल्लेखनीय वृद्धि भएको छ। आव २०८०–८१ मा नेपालले १२ अर्ब ५ करोडको चामल, २३ अर्ब ४४ करोडको फलफूल र २८ अर्बभन्दा बढीको तरकारी आयात गरेको छ। नेपालको कुल कृषियोग्य भूमि करिब २६ लाख ४१ हजार हेक्टर छ, जसमा केवल १७ लाख ६६ हजार हेक्टर सिँचनीय छ। विभिन्न प्रयासहरूका बाबजुद, केवल १४ लाख ३३ हजार २ सय ८७ हेक्टरमा सिँचाइ संरचना निर्माण गरिएको छ, र यस भूमिको केवल ३५ प्रतिशतले वर्षभरि सिँचाइ सेवा प्राप्त गर्दछ।खाद्य फोहोर व्यवस्थापन हरेक वर्ष, पृथ्वीबाट अविश्वसनीय मात्रामा खाना फालिन्छ। तपाईंलाई यो थाहा पाएर आश्चर्य हुनेछ विश्वभर मानव उपभोगको लागि उत्पादन गरिएको सम्पूर्ण खानाको एकतिहाइ बर्बाद हुन्छ। ‘प्राथमिक रूपमा उत्पादन भएको १ दशमलव ६ अर्ब टन र मानव प्रयोगको लागि ठिक्क पारिएको १ दशमलव ३ अर्ब टन खानाको नोक्सानी हुन्छ हरेक वर्ष, खाद्य फोहोरको समाधान गर्न हामीले बहुआयामिक दृष्टिकोण अपनाउनु पर्छ।

सचेतनाः उपभोक्ताहरूलाई खाद्य फोहोरको प्रभावबारे शिक्षित गर्ने र सचेत गर्दै खाध्य खपतलाई प्रवद्र्धन गर्ने।

पूर्वाधारः भण्डारण र यातायात पूर्वाधार सुधार गरी हानिहरू न्यूनतम पार्न।

नीतिः खाद्य दान र कम्पोस्टिङ प्रोत्साहित गर्ने नीति लागू गर्ने।

सांस्कृतिक परिवर्तनः जापानमा देखिएको जस्तै, खाद्य सम्मान र फोहोर न्यूनीकरणलाई प्राथमिकता दिने सांस्कृतिक अभ्यासहरूलाई आत्मसात् गर्ने।

सहस्राब्दी विकास लक्ष्यको रूपमा खाद्य फोहोर
खाद्य र कृषि संगठन (एफएओ)ले खाद्य उत्पादनसँग सम्बन्धित जोखिमहरू, जस्तै जंगलहरूको जोखिम व्यवस्थापन गर्न दिशानिर्देशहरू प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। एफएओको एकीकृत आगो व्यवस्थापन स्वैच्छिक दिशानिर्देशहरू अग्नि रोकथाम र व्यवस्थापनको लागि सक्रिय रणनीतिहरूमा जोड दिएको छ। यसका लागि परम्परागत ज्ञानसँग विज्ञानलाई एकीकृत गर्दै लाग्ने सन्देश दिएको छ।

संयुक्त राष्ट्रसंघको शतत् विकास लक्ष्य २०३० सम्म, खुद्रा र उपभोक्ता स्तरमा प्रतिव्यक्ति विश्वव्यापी फोहोर गरिएको खानाको मात्रा आधा घटाउने लक्ष्य छ। आपूर्ति नेटवर्क र निर्माणमा खाद्य नोक्सानी घटाउने योजना छ।निष्कर्ष खाना एक अमूल्य स्रोत हो जसले जीवनलाई बचाइराख्छ। किसानका खेतबाट फोर्कसम्मको यसको महत्त्वपूर्ण लामो यात्रामा धेरै ऊर्जा खपत भएको हुन्छ। दिगो खाद्य खपत सुनिश्चित गर्न, हामीले सचेतना, सुधारिएको पूर्वाधार, समर्थनकारी नीतिहरू र सांस्कृतिक परिवर्तनहरूमार्फत खाद्य फोहोरको मुद्दालाई सम्बोधन गर्नुपर्दछ। खाद्य सम्मान र मूल्यको अभ्यासलाई अपनाएर, हामी भविष्यका पुस्ताहरूको लागि खाद्य सुरक्षा र स्थायित्व हासिल गर्नका लागि विश्वव्यापी प्रयासमा महत्त्वपूर्ण योगदान गर्न सक्छौं।

नेपालले यो वैश्विक वातावरणलाई ध्यान दिनुपर्छ र खाद्य र ऊर्जाजस्ता आवश्यकताहरूमा ठूलो निर्भरता कम गर्नुपर्छ। बिस्तारिँदो व्यापार असन्तुलन कम गर्ने र कम्तीमा पनि छिमेकीहरूबाट चामल, मकै, गहुँ, तरकारी र फलफूल किन्नका लागि लाखौं डलर विदेश पठाउने जस्ता निर्णयहरू कृषि प्रधान देशका लागि मुर्खतापूर्ण छ। आयातमा सुधार र निर्यात घटाउनु हाम्रा कार्यक्रमहरूको शीर्ष लक्ष्य हुनुपर्दछ। खाद्य र ऊर्जा सुरक्षाको महत्त्व चाँडै बुझ्न आवश्यक छ। भविष्यका पुस्ताहरूको लागि खाद्य सुरक्षा र स्थायित्व हासिल गर्न विश्वव्यापी प्रयासमा हामी सबै मिलेर प्रयास गर्नुपर्छ। खानालाई सम्मान गर्न सबैलाई सुसूचित गर्ने प्रण गरौं। फोहोर खानालाई व्यवस्थित बिसर्जन गरौं। प्रांगारिक मलमा परिणत गरौं। आयातीत रासायनिक मललाई निरुत्साहित गराउन र हाम्रो भान्छालाई विषादीरहित बनाउने संकल्प गरौं। रासायनिक मललाई दिइने अनुदानको साटो प्रांगारिक मल बनाउने स्थानीय कम्पनीहरूलाई अभिप्रेरित गर्ने नीतिहरू लागू गर्न ढिला नगरौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.