प्रधानसेनापति शर्मा अवकाशमा, आजदेखि सेनाको कमान्ड सम्हाल्दै सिग्देल
काठमाडौं : नेपाली सेनाको ४५औं प्रधानसेनापति अशोकराज सिग्देलले आज (सोमबार)बाट कामान्ड सम्हाल्दै छन्। प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन्।
सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए। शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए।
भदौ २४ गतेबाट लागू हुने गरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलबाट दज्र्यानी चिह्न प्राप्त गरेर सिग्देलले आज (सोमबार)देखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्ने छन्। नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व लिन लागेका हुन्।