दुर्गा प्रसाईंको बीएण्डसीलाई एमबीबीएस पढाउन स्वीकृति, यस वर्षका लागि ५० सिट निर्धारण

दुर्गा प्रसाईंको बीएण्डसीलाई एमबीबीएस पढाउन स्वीकृति, यस वर्षका लागि ५० सिट निर्धारण
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बीएण्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिमा एमबीबीएस पढाइ सुरु हुने भएको छ। व्यवसायी दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजमा ५० जना विद्यार्थी अध्यापन गराउने गरी चिकित्सा शिक्षा आयोगले​​​​​​​ चिकित्सा शास्त्रको स्नातक तह अध्यापन गर्न औपचारिक स्वीकृति दिएको हो।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगले यो शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउने गरी सिट निर्धारण गरेको जानकारी दिए।

विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले वि.सं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएण्डसी मेडिकल कलेज सञ्चालनमा आएको थियो । तर पूर्वाधार स्थापना गरिसकेपछि लामो समयसम्म अध्यापनको स्वीकृति पाउन नसकेपछि प्रसाईंले २०७८ साल भदौ २४ गते सर्वोच्चमा रिट दिएका थिए।  वि.सं २०८० चैत्र १३ गते अदालतका न्यायाधीश डा.कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

अदालतको परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । बीएण्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए ।  

विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.