बाढीपहिरो रोकथाम कसरी ?

बाढीपहिरो रोकथाम कसरी ?
फाइल तस्बिर।
सुन्नुहोस्

पूर्वचेतना प्रणालीको विकास गरी प्रयोग गर्न सके भविष्यमा यहाँ पहिरोको रोकथाम गरी जनधनको क्षति कम गर्न सकिन्छ।

प्रत्येक वर्ष मनसुनले मुलुकभित्र भारी वर्षा गराउँछ । यो मौसमी वायु हो जुन बंगालको खाडीबाट पूर्वी नेपाल प्रवेश गर्छ । साधारणतया नेपालमा मनसुनले झन्डै १ सय १० दिनसम्म भारी वर्षा गराउँछ । यस्तो वर्षा खासगरी जेठ, असार, साउन र भदौमा हुन्छ । 

सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुन अवधि भनिन्छ किनभने यस अवधिमा यहाँ मनसुनको धेरै प्रभाव रहन्छ । यस अवधिमा देशभरि धानको खेती गरिन्छ जसलाई धेरै पानीको आवश्यकता पर्छ । धान नेपालको प्रमुख बाली भएकोले यसको उत्पादनले यहाँको उत्पादनमा निकै प्रभाव पर्छ । यसको उत्पादनमा घटबढ हुनाले यहाँको कुल गार्हस्थ्य उत्पादनमा हुने योगदानमा पनि घटबढ हुन्छ । 

नेपालमा वर्षभरिमा औसत १६ सय मिलिमिटर वर्षा हुन्छ जसको औसत ८० प्रतिशत वर्षायाममा हुन्छ । अधिक वर्षाको कारण यस अवधिमा यहाँ बाढीपहिरोको कारण धेरै धनजनको क्षति हुन्छ । नेपाल विपद् प्रतिवेदन, २०७४ ले नेपालको कुल जनसंख्याको झन्डै ८० प्रतिशत जनता प्राकृतिक प्रकोपको जोखिममा छन् । बाढीपहिरोको दृष्टिकोणबाट यो विश्वको तीसौं स्थानमा छ । 

प्राकृतिक प्रकोपको दृष्टिले यो देश अति जोखिम अवस्थामा छ । यही कारणले यहाँ प्रत्येक वर्ष धेरै मानवीय र भौतिक क्षति हुदै आएको छ । सरकारले हरेक वर्ष विपद् व्यवस्थापनका लागि धेरै धनराशि खर्च गरेको छ । परन्तु, हालसम्म पनि यो फलदायी हुन सकेको छैन । वास्तवमा वन विनाश नै यसको प्रमुख कारण हो । नेपालमा बाढीपहिरोको कारण झन्डै ६० प्रतिशत जनता जोखिम अवस्थामा छन् । यस्तो जोखिम न्यूनीकरणका लागि वनजंगल संवद्र्धन तथा प्रवद्र्धनले महŒवपूर्ण भूमिका खेल्छन् । 

जलवायु परिवर्तनको कारण यहाँका हिमालको तापक्रम बढिरहेको छ । जसको नकारात्मक प्रभाव यहाँको तराईदेखि पहाड र हिमालसम्मका वनजंगलमा परेको छ । एकातिर यहाँको हिमताल विस्फोटनले हिमाली वातावरणको विनाश गरेको छ भने डँढेलोले वनविनाश गरेको छ । नेपालमा बाढीपहिरोले विगतदेखि हालसम्म धेरै दुःख दिएको छ । २०११ सालमा यहाँ ठूलो बाढी आएको थियो । जसले यहाँका भूस्वरूप नै परिवर्तन गरेको थियो । त्यसबेला यहाँ झन्डै ३ सय २० व्यक्तिको मृत्यु भएको थियो भने तीन हजार घर क्षतिग्रस्त भएका थिए । त्यतिबेला बाढीपीडितहरूको लागि दुःख निवारण कोषको स्थापना गरिएको थियो । जसबाट केही राहत प्राप्त भएको थियो ।

हाल मुलुकमा मनसुन सुरु भइसकेकोले यहाँका विभिन्न ठाउँहरूमा बाढीपहिरोका कारण मानवीय तथा भौतिक क्षति भएका घटनाहरू बढ्न थालेको छ । वास्तवमा यस्तो क्षति घटाउन सरकारी प्रयास जारी भए पनि अपेक्षाकृत घटाउन सकिएको छैन । बाढीपहिरो प्रकृतिले मानवलाई दुःख दिन सिर्जना गरेको होइन । यो मानव आफैंले सिर्जना गरेको समस्या हो । 

नेपालमा मनसुन सुरु भएपछि बाढीपहिरोका घटना बढिरहेका छन् । धेरैजसो नदीहरूको किनारामा तटबन्दी नहुनाले सम्बन्धित नदीहरूको आसपासमा रहेका बस्तीहरू पुरिन्छन् । फलतः प्रत्येक वर्ष करोडौं मूल्य बराबरको क्षति हुन्छ ।  उदाहरणको लागि संघीय राजधानीबाट बग्ने बागमती, विष्णुमती, टुकुचा र धोबीखोलाले आसपासमा बसोबास गर्ने नागरिकलाई त्रसित गरेका छन् । 

काठमाडौंमा साँघुरा तटबन्धसँग जोडिएका बस्तीमा निर्माण गरिएका घरहरू वर्षायाममा भत्किन्छन् । यसैगरी, भक्तपुरको हनुमन्ते नदीको दोहानले नयाँ ठिमी र राधेराधेको आसपासमा बनाइएका घरहरू जलमग्न हुन्छन् । यी त केही उदाहरणहरू मात्र हुन् । यस्ता समस्या प्रत्येक वर्ष वर्षायाममा धेरैजसो नदीनालाहरूको भेलबाट उत्पन्न हुन्छन् । वस्तुतः नेपालका सहरहरू वैज्ञानिक दृष्टिकोणबाट अव्यवस्थित छन् । विगतमा यहाँ घर निर्माण गर्दा नदीनालाहरूको दोहन गरी बनाइयो । तसर्थ, वर्षायाममा यी नदीनालाका भेलले पूरा बस्ती जलमग्न हुन्छ । 

एकतर्फ मनसुनी वर्षाले यहाँका किसानहरूलाई यथोचित समयमै राहत प्रदान गरेको छ भने अर्कोतर्फ बाढी, पहिरो र डुबानको कारण धेरैले आहत भोग्नु परेको छ । यसबाट केही व्यक्तिहरू खुसी छन् भने केही दुःखी छन् । यो वर्ष सरदरभन्दा बढी र अविरल वर्षा भएकोले देशका धेरै स्थानमा बाढी, पहिरो र डुबानको त्रास फैलिएको छ । कतै बाढीले सिंगै बस्ती डुबेको छ भने कतै सिंगै परिवारको एकै चिहान भएको छ । हालको बाढीपहिरोको कारण देशको धेरै ठाउँको सडक सञ्जाल अस्तव्यस्त भएको छ । कुनै ठाउँमा पहिरोको कारण ग्रामीण सडकहरू पुरिएर आवतजावत नै बन्द भएको छ ।

केही गाउँहरूको सम्पर्क सञ्जाल नै चुडिएको छ भने केही राष्ट्रिय मार्गहरू अवरुद्ध हुँदा आवागमन नै रोकिएको छ । केही अपवादबाहेक मानवीय क्रियाकलापहरूको कारण यहाँ बाढीपहिरोको जोखिम बढेको हो । किनभने यहाँका धेरैजसो ठाउँमा गहन अध्ययन अनुसन्धान बिना भिरालो पहाडलाई फोरेर भौतिक संरचना तयार गर्ने, परम्पराले प्रत्येक वर्ष भारी वर्षा हुँदा बाढीपहिरोको समस्या बढी मात्रामा झेल्नु परेको छ । यतिमात्र नभई यहाँका केही ठाउँहरूमा नदीनालाहरूको अतिक्रमण गरी घरहरू निर्माण गर्नाले बाढीले भत्काएका छन् । वास्तवमा सर्वसाधारणको चेतनाको कमीले यस्तो भएको हो ।  

पृथ्वीको तापक्रम वृद्धिको लागि नेपालको नगण्य योगदान भए तापनि प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका दृष्टिकोणबाट यो उच्च जोखिममा पर्छ । यहाँको जीवनयापन तथा अर्थतन्त्रमा जलवायु परिवर्तनले नकारात्मक प्रभाव पारेको छ । तापक्रम वृद्धिको कारण यहाँका हिमतालका आकार बढ्दा विस्फोटको जोखिम बढेको छ । यसबाहेक यहाँका उच्च हिमाली क्षेत्रमा ससाना हिमपोखरीको संख्या बढेको छ । एकातिर यहाँको हिम नदीका क्षेत्रफल र घनत्व घटेको छ भने अर्कोतिर छायाँ वर्षा क्षेत्र अर्थात् रेन स्याडो मानिने हिमालपारिका जिल्लामा समेत वर्षा हुन थालेको छ । फलतः यहाँका माथिल्ला तथा तल्लातटीय क्षेत्रहरूमा समेत बाढी आउने सम्भावना बढेको छ । 

पहिरो खासगरी भारी वर्षा, भूकम्प, माइनिङ र स्लोप कटिङको कारण हुन्छ । परन्तु, नेपालमा धेरैजसो ठाउँहरूमा भारी वर्षा र असुरक्षित ठाउँहरूमा भारी वर्षा र असुरक्षित कटिङको कारण पहिरो जान्छ । यहाँ पहिरोको सम्भावना भएका ठाउँमा भारतको अमृता विश्वविद्यालयमा लामो अवधिसम्म अनुसन्धान गरी तयार गरिएको पूर्वचेतना प्रणालीको विकास गरी प्रयोग गर्न सके भविष्यमा यहाँ पहिरोको रोकथाम गरी जनधनको क्षति कम गर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.