दार्चुलामा जीप दुर्घटना
![दार्चुलामा जीप दुर्घटना](https://annapurnapost.prixacdn.net/media/albums/jeep_aikIwEpHVl_cf2C5CqjPL.jpg)
दार्चुला : दल्लेख सडक खण्डमा जीप दुर्घटना हुँदा मानवीय क्षति हुनबाट जोगिएको छ । शनिबार महाकाली नगरपालिका-३ काटैबाट खलंगातर्फ आइरहेको ना १ ज ३०७१ नम्बरको जीप भीरमा अड्किएको हो।
बिहान १० बजेतिर मालबेला पहिरोको छेउ नजिकै ब्रेक फेल भएपछि जीप सडकबाट अघि बढेर भीरमा अड्किएको हो । जीपमा ६/७ जना सवार रहेका थिए । उनीहरु सकुशल रहेका छन् । भीरमा अड्किएको जीप निकाल्ने प्रयास भइरहेको छ ।
अहिले उक्त सडक अवरुद्ध बनेको छ । बिहीबार पनि सोही सडकखण्डको डुङरीमा अर्को जीप पनि पल्टिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)