मोटरसाइकल दुर्घटनामा पूर्व वडाअध्यक्ष यादवको मृत्यु

मोटरसाइकल दुर्घटनामा पूर्व वडाअध्यक्ष यादवको मृत्यु

मलङ्गवा : सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्व वडा अध्यक्ष ४३ वर्षीय अरविन्द कुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। गएराति बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा भएको दुर्घटनामा यादवको मृत्यु भएको हो।

राति साँढे ९ बजेतिर टिकुलियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा यादवको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए। 

उनका अनुसार यादवलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको सिंहले बताए।

मृतक यादवको शव अहिले प्रदेशिक अस्पताल मलङ्गवामा राखिएको छ। नेकपा एमाले जिल्ला कमिटीका सदस्यसमेत रहेका यादव २०७९ को निर्वाचनमा समेत एमालेबाट वडाध्यक्षको प्रत्यासी थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.