कैलालीको गेटा अस्पतालमा बिरामी भर्ना सुरु

कैलालीको गेटा अस्पतालमा बिरामी भर्ना सुरु
सुन्नुहोस्

धनगढी : कैलालीको गेटा अस्पतालमा शुक्रबारदेखि औपचारिक रूपमा बिरामी भर्ना गरेर उपचार सुरु भएको छ। अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले शुक्रबार देखि औपचारिक रूपमा बिरामी भर्ना सुरु गरिएको बताए।

‘हामीले शुक्रबारदेखि बिरामी भर्ना सुरु गरेका छौं। अहिले महिला र पुरुष गरी दुई वार्ड सञ्चालन हुनेछन। एक सय बेड सञ्चालनका लागि भदौ मसान्त सम्मको समय लाग्न सक्छ’, उनले भने।

गेटा अस्पताल एक सय शैयाको स्वीकृत अस्पताल हो। अहिले बिरामी भर्ना सुरु भएको छ भने सल्यक्रिया सेवा पनि सुचारु भएको छ। सुत्केरीको शल्यक्रिया र अरु सामान्य शल्यक्रियाहरू सुरु गरिएका छन्। ‘आईसीयु पुरै सेटअफ भइसकेको छैन। पोस्टअप र आईसीयु गरी ४० बेड तयार हुदैछन्, आईसीयु सुचारु हुनेवित्तिकै जटिल प्रकारका शल्यक्रिया पनि सुरु हुन्छन्,’ डा.सापकोटाले भने।

गेटा अस्पतालमा फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा समेत सुरू भएको छ। गेटा अस्पतालले प्रदेशमै पहिलोपटक स्तन क्यान्सरको उपचारसमेत सुरू गर्ने भएको छ। भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सरको उपचार सेवा सुरू हुने अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। गेटा अस्पताल तीन सय शैयामा चलाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको अस्पतालले जनाएको छ। मन्त्रालयले स्वीकृत दिनेबित्तिकै तीन सय शैयामा अस्पताल चलाउने तयारी थालिएको हो।

यसअघिका निर्देशक डा.प्रमोद जोशीले २०८० को कार्तिक भीत्र एमसीएच क्लिनिक सुरु गर्ने, मंसिर महिनाभित्र खोप सेवा र अन्तरंग सेवा सुरु गर्ने, पुषभित्र ईमरजेन्सी र प्रसुती सेवा सुरु गर्ने कार्ययोजना पत्रकार सम्मेलन गरेर नै बताएका थिए। तर तोकिएको समयमा केही पनि भएको थिएन।

२०८० को चैत महिनाभित्र शल्यक्रिया सेवा र बैशाखभीत्र आईसीयु र एनआईसीयु सेवा सञ्चलान गर्ने कार्ययोजना पनि डाक्टर जोशीले सुनाएका थिए। उनको पालामा अस्पतालका खासै कामहरू भएन। भवन हस्तान्तरण नहँुदै उपकरण खरिद गरेका जोशीले पछि विवाद आएपछि उपकरण खरिदको सूचना रद्ध गर्नु परेको थियो।

त्यसपछि निर्देशक नियुक्त भएका डा. विप्लव सापकोटा भने अस्पतालको सेवा विस्तारमा खटिएका छन। उनले मंगलबारदेखि प्रसुती सेवा अन्तर्गत सिएस (सल्यक्रिया गरेर बच्चा जन्माउने) सेवा सुरु हुने बताए। गेटामा ६ सय सैया क्षमताको अस्पताल भवन, कलेज भवन र आवाशहरू गरी झण्डै साढे ६ अर्बका संरचना निर्माण भइसकेका छन्। कम्तीमा पनि ३ सय शैयाको अस्पताल सञ्चालन गरी एमविविएसको पढाई हुनुपर्ने आशा गरिएका बेला सय शैया मात्र सुरु हुँदा यस क्षेत्रका जनतामा निरासा भने छाएको छ।

null

५० शैयाको अुनमतिमा मात्रै सञ्चालनमा रहेको सेती प्रादेशिक अस्पतालको भन्दा दोब्बर शैया क्षमताको अस्पतालको सुरुवाती चरण भने खासै सुखद रहेन। तर अहिले आएर सेवा थप हुन थालेपछि जनतामा आशा पलाउन थालेको छ।

गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पुर्वाधारहरू निर्माण हुन थालेका हुन्। २०७८ साल देखि नै मेडिकल शिक्षाको पढाई हुने लक्ष्य राखिएको भएपनि मेडिकल कलेज, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के बनाउने ? भन्ने कुरामै रुमल्लिँदा गेटा ओझेलमा परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.