मधेशी आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौं : मधेशी आयोगले छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । बुधबार शितल निवासमा संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष डा. बिजय कुमार दत्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
प्रतिवेदन पेश गर्दै अध्यक्ष दत्तले आयोगमा प्राप्त उजुरी उपर कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको र आयोगले गरेका निर्णयहरको कार्यान्वयन ९५ प्रतिशत भन बढि रहेको जानकारी दिए।
गत आर्थिक वर्षमा विभिन्न मान्यमबाट ५८ वटा उजुरी प्राप्त भएको उनले बताए। उनले न्यून स्रोत साधन तथा बजेटको अभाव भएपनि मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन राष्ट्रपति समक्ष सिफारिस गरिएको बताए।
अध्यक्ष दत्तले सरकार आयोगको सिफारिसप्रति थप गम्भीर हुनुपर्ने बताए।