दाङ : दाङमा सर्प दंशका कारण एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा गएराति करेत सर्पले टोक्दा ७ वर्षीय बालकको ज्यान गएको हो।
अस्पताल लैजानुको सट्टामा गाउँमा गुरुवाको भर परेर झारफुकमा लाग्दा ७ वर्षीय बालकको मृत्यु भएको सर्प उद्धारकर्ता कुल्दीप न्यौपानेले बताए। गम्भीर घाइते बालककी आमाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।