व्यापारीसँग 'सेटिङ' गरेको विषयमा लेखा समितिका सभापतिले भने- प्रमाण भेटिए मलाई टुँडीखेलमा झुन्ड्याउनुस्

व्यापारीसँग 'सेटिङ' गरेको विषयमा लेखा समितिका सभापतिले भने- प्रमाण भेटिए मलाई टुँडीखेलमा झुन्ड्याउनुस्

काठमाडौं : सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइन विषयमा व्यापारीहरूसँग छलफल गरेको स्वीकारेका छन्। १६ अर्ब रूपैयाँ सेटिङ भएपछि आफैंले बोलाएर ती उद्योगीहरूलाई भेटेको सभापति पोखरेलले सदनसमक्ष स्वीकारेका हुन्।

'हो, मैले व्यापारीलाई बोलाएर सोधेको हो। १६ अर्ब कसरी सेटिङ कसरी गर्नुभयो मित्र भनेर सोध्न परेन?,' उनले भने, 'ती व्यापारीहरूलाई बोलाएर मैले यही कुरा सोधेको हुँ।'

संसदीय इतिहासमा पहिलोपटक उज्यालोमै भ्रष्टाचार गर्ने आँट गरिएको उनले बताए। 'कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन। कतिपय सूचना पनि छन्। संसदीय इतिहासमा यति विघ्न उज्यालोमै आँट गर्न मिल्छ। सार्वजनिक लेखा समितिमा छलफल नै नगरी छुट दिन मिल्छ?,' विद्युत महुल छुटबारे उनले प्रश्न गरे।

उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले व्यवसायीलाई विद्युतको १६ अर्ब महसुल छुट दिएको दाबी गरे। ‘८ अर्बको विद्युत् बिल व्यवसायीलाई पठायो, त्यो पनि समितिमा हल्लाखल्ला भयो। २२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएपछि सिंगो समितिमा त्यो विषय उठेपछि छलफल लगेका थियौं। त्यही एक माननीयले भन्नुभयो सरकारले १६ अर्ब छुट दियो र ६ अर्ब तिर्नुपर्ने अन्य दायित्वसहितको जोडेर ८ अर्बको बिल पठाएको छ। यो विषय छलफल गरिनुपर्छ।’ उनले भने,‘हामीले महालेखाको प्रतिवेदनमा उल्लेखित विषयलाई छलफल नगरी कसरी ८ अर्बको बिल भयो भनेर हामीले खोजी गरेका थियौं। हामीले व्यवसायीहरूसँग पनि छलफल गरेका थियौं।’

पोखरेलले भने, ‘१६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टाचारी यो कहाँको न्याय हो ?’  उनले विद्युत् प्राधिकरण, तत्कालीन प्रचण्ड नेतृत्वको सरकार र उद्योगी व्यवसायीको सेटिङमा लाल आयोग बनाएर १६ अर्ब छुट दिएको उल्लेख गरे। उनले महालेखाको प्रतिवेदनले २१ अर्ब उठाउन दिएको सुझाव अनुसार १६ अर्ब खोइ ? भन्दै प्रश्न गरे। 

उनले बिना तथ्य र प्रमाण सार्वजनिक लेखा समितिमा कुनै निर्णय हुन नदिने प्रतिबद्धता जनाए। 'अरु समितिले के गर्छ थाहा छैन। तर, कानुन, तथ्य र प्रमाण नजुटाइकन कुनै निर्णयमा जाँदिनँ। यो हाम्रो निर्णय हो,' उनले भने।

सभापति पोखरेलले समितिका कुनै सांसदले समितिमा भएका टिपोटहरू व्यापारी र प्राधिकरणकहाँ पुर्‍याएको आरोपसमेत लगाए। सांसदहरू पनि व्यापारी र प्राधिकरणको दलाल रहेको भन्दै उनले सदनमै आक्रामक बनेका थिए।

'समितिमा भएका छलफलको टिपोट मागेपछि केही माननीयलाई दिएको थिएँ। माननीय राजेन्द्र लिङ्देनलाई म आफैंले दिए। उहाँ पूर्व मन्त्री भएर पनि मैले दिएको थिएँ। यी मध्ये कसले ती टिपोट कसले हो व्यापारी र प्राधिकरणमा पुर्‍याएछन्, मलाई थाहा भएन। तर, व्यापारी र प्राधिकरणको पनि दलाल माननीय हुँदो रहेछ नि,' उनले भने।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि पनि प्रश्न गरेका थिए। गम्भीर विषयमा छानबिन गरी कारबाही गर्न सिफारिस गर्दासमेत अख्तियारले प्रक्रिया अगाडि नबढाएको उनको आरोप छ। 'अख्तियारमाथि पनि प्रश्न उठेको छ। विसं २०७६ सालमा सार्वजनिक लेखा समितिले अध्ययन गर्नुस्। कारबाही गर्नस् भन्दा गरेन। जसका कारण आज गम्भीर परिस्थिति सिर्जना भएको छ,' उनले भने।

उनले आफूले बोलेको कुरा कसैले असत्य प्रमाणित गरे टुँडीखेलमा झुन्ड्याउन आग्रह गरे। 'मैले बोलेका कुरा कसैले असत्य प्रमाणित गर्नुस्। मलाई टुँडीखेलमा झुन्ड्याउनुस्। म तयार छु। इमानको चरित्र हत्या गर्ने र भ्रष्टहरूको पक्षपोषण गर्नेहरूविरुद्ध मुर्दाबाद छ,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.