दाङमा प्रशोधित पानीको अधिकतम मूल्य निर्धारण

दाङमा प्रशोधित पानीको अधिकतम मूल्य निर्धारण
सुन्नुहोस्

दाङ : दाङमा प्रशोधित पानीको अधिकतम मूल्य निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङले आइतबार मूल्य निर्धारण गरेको हो। एक लिटरको बोतल पानीको मूल्य अधिकतम २० रुपैयाँ तोकिएको छ। 

तोकेको अधिकतम मूल्य भन्दा बढी लिन पाइने छैन। एक लिटर पानीको बोतललाई २० रुपैयाँभन्दा बढी लिएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

प्रशोधित पानीको मूल्य निर्धारण गर्दै जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढी रकम लिएमा कारबाही गरिने समेत जनाएको छ। आइतबार एक सूचना जारी गर्दै प्रशासनले एक लिटर बोतलको पानीलाई २० रुपैयाँ मूल्य तोकेको छ। 

२० लिटर पानी भरिएको जारको मूल्य ६० रुपैयाँ तोकेको छ। उपभोक्ता हित संरक्षणलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले पानीको मूल्य तोकेको प्रशासकीय अधिकृत निम बहादुर केसीले बताए। 

तोकेको रकमभन्दा बढी प्रशोधित पानीको बोतल र जारमा मूल्य निर्धारण नगर्न प्रशासनको आग्रह छ। यदि सोभन्दा बढी मूल्य निर्धारण गरी पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

कसैले बढी मूल्य लिएमा जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गरी उपभोक्ता हित संरक्षणमा सहयोग पुर्‍याउन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.