हिमालयन बैंकका दुई शाखा स्थानान्तरण
काठमाडौं : हिमालयन बैंक लिमिटेडले दुई शाखा स्थानान्तरण गरेको छ। बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुरको जाउलाखेल शाखा र धनुषाको जनकपुर शाखालाई स्थानान्तरण गरिएको हो।
यी दुई शाखाहरूलाई स्थानान्तरण गरी आजदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरिएको छ। बैंकले जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा स्थानान्तरण गरिएको छ। यस्तै जनकपुर शाखालाई पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालिएको छ।
बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपस्थितिमा गरेका हुन्।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २७२ एटीएम, ६,५०० भन्दा बढी पिएसओ टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।