मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँछौं : गृहमन्त्री

मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँछौं : गृहमन्त्री
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो लगायत मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका हुन्।  सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले दिर्घकालीन रुपमा नै मनसुनजन्य घटनाको पूर्वतयारीलाई बलियो तथा प्रभावकारी बनाउने र यसका लागि राज्यका संयन्त्रहरुलाई थप जिम्मेवार बनाइने बताएका हुन्।

उनले यस वर्ष अत्याधिक बर्षा हुँदा तुलनात्मक रुपमा यसअघि भन्दा कम क्षति हुनुको कारण पूर्व तयारी रहेको जिकिर गरे।

उनले सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको अध्ययन भइरहेको भन्दै त्यसका सुझावका आधारमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाए । विकास गर्दा आधारभूत मापदण्ड पालना नगर्दा भविष्यमा ठूलो क्षति हुने गरेको भन्दै उनले विकासका कामको मापदण्डमा छलफलको आवश्यकता रहेको धारणा राखे।

बैठकले बाढी,पहिरो लगायत मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारवाही तथा सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका विषयमा गृहमन्त्रीसँग छलफल गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.