कांग्रेस-एमाले गठबन्धनलाई कोइरालाको व्यंग्य : संघ र प्रदेशका मन्त्री छनोटले सुशासनलाई जिस्काइरहेको छ

कांग्रेस-एमाले गठबन्धनलाई कोइरालाको व्यंग्य : संघ र प्रदेशका मन्त्री छनोटले सुशासनलाई जिस्काइरहेको छ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस-एमालेको गठबन्धनको सुशासन मन्त्री छनोटमा देखिएको भन्दै कटाक्ष गरेका छन्। कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै डा. कोइरालाले सुशासनको धेरै प्रतिबद्धता गरेपनि संघ र प्रदेशमा मन्त्रीहरु छनौटले जिस्काइरहेको बताएका हुन्। 

उनले भने,‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन । तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनोटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?’

उनले सुशासन केवल शब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्र होइन आम नागरिकले अनुभूति गर्ने कुरा भएको उनको भनाई छ । कोइरालाले भने,‘कांग्रेस नवनिर्माणको वाटो, पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरुको सुशासनप्रतिको निष्ठा र पार्टीमा आवद्ध साथीहरुको एकतावद्ध प्रयासबाट मात्र कांग्रेस रुपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै वाटोवाट मात्र बन्छ भनी विश्वासका साथ हामी अघि बढौं ।’

सरकार छ भन्ने अनुभूति आम नागरिकलाई संकटको समय सबैभन्दा बढी हुने उनको तर्क छ । उनले भने,‘अहिले ती नेपालीहरुका विच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन् समस्याहरुसंग जुध्दै छ । तिनको उद्धार, राहत, उपचार र पुनर्स्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु हामी संलग्न भएको सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् । ’

सरकारी निकायमा राजनीतिकरण भएर तिनको प्रभावकारिता भुत्ते भएको उनको भनाई छ। उनले भने,‘लोकतन्त्रको जग तब मात्र बलियो हुन्छ, जब संस्थालाई लोकतान्त्रीकरण र पारदर्शी ढंगले चलाइन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.