तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो। 

सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको  हुन्। बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.