समुद्रमा सात दिन सरर

यात्रा

समुद्रमा सात दिन सरर

एमएससी क्रुजभित्र के छैन ? साधारण मानव जीवनयापनदेखि विलासी जीवनमा रमाउने सम्पूर्ण सुविधा छ यसमा। एमएससी क्रुज– श्रेणी र तहमा छुट्टिएको विश्वकै दोस्रो ठुलो क्रुज।

विश्वको भूमि लगभग एउटै भएको थियो। त्यतिबेलै समुद्रमा सुकेको काठ तैरिरहेको थियो। त्यो देखेर इजिप्सियन नागरिकले आविष्कार गरे, काठको डुंगा। जसबाट अहिले इटालियन, इस्पेनिस, नर्बेजियन र क्यानेडियन नागरिकले दसौं पुस्तापछि नयाँनयाँ नाम दिए। र, बनाए महासागरमा चल्ने अत्यधिक सुविधा सम्पन्न पानीजहाज।

तिनै डुंगा व्यवसायी पुर्खाहरूका सन्तानमध्ये एक धनाढ्य इटालियन नागरिकले परिवारका सदस्यहरू मिलेर मेडिटेरनेयन सिपिङ कम्पनी (एमएससी) नामको क्रुज सञ्चालनमा ल्याए। जुन कम्पनीका चारवटा ठूलाठूला यो हामीले यात्रा गरेको क्रुजजस्तै पानीजहाज र २१ वटा योभन्दा अलि साना पानीजहाज रहेछन्। जुन विश्वमा पानी भएसँगै जलयात्रीहरूका लागि सर्वश्रेष्ठ यातायातको साधन हुँदोरहेछ।

जलयात्रामा हामी दुई : एकदिन हामी परिवारिक भेटघाटमा थियौं। त्यही समय छोरी आरती र ज्वाईं म्याथले क्रुजको बयान गर्नुभयो। हामीलाई समुद्री यात्राका लागि सिफारिस गर्नुभयो। श्रीमती ताराले पनि कुरा गरिन्। मलाई पनि रहर थियो। क्रुज भनेको के रहेछ ? कस्तो हुँदोरहेछ ? उत्सुकता थियो। त्यसैले मैले पनि सहमत जनाएँ। अनि ज्वाईं म्याथले लगभग दुई महिना अगाडि जलयात्राको टिकेटको बन्दोबस्त गरिदिनु भयो। विश्व नै धनी र गरिबले छुट्टिएको समय। जे जस्तै भए पनि हामी काला–गोरा, गोरा–गहुँगोरा जे छौं, समान हौं। कसैप्रति भेदभाव नहुने त्यो पानीजहाजमा। सबै समान होलान्, एकै किसिमका खाने थाल होला। एकै किसिमका टेबुल होलान्, एउटै त हो नि जहाज भनेर मन उत्सुक भइरहेको थियो, मनमा कौतूहलता चलेको थियो। हाम्रो जलयात्राको मिति पनि नजिक आइरहेको थियो।

एमएससी क्रुजभित्र के छैन ? : ‘पुर्खाहरूको बिँडो’ भन्ने परम्परा चलनचल्तिको भाषा नै हो, नेपाली समाजमा जुन अझै चलेको छ। भाषामात्र छ तर कर्म देखिएको छैन। मैले मेरो समयकालमा ‘विशाल नेपाल’ भनेर पुस्तकमा पढ्थें। त्यही विशाल नामको अहम्तामा संसार बाँचे झैं लाग्थ्यो। त्यही भएर विशाल देशको राष्ट्रिय गानमा पनि विशाल नेपाल भनेर गाउँथे। तर, त्यो विशाल ‘नामको मात्र’ विशाल रहेछ जस्तो लाग्यो जब यो मानवनिर्मित व्यापारिक पानीजहाजको अन्तर्य थाहा पाएँ।

जुन पानीजहाजबाट बाहिर निस्कने र भित्र पस्ने ठाउँमा ठूलाठूला खेलमैदान देखिन्छन्। जसमा दुई हजार कामदार हुँदा रहेछन्, आठ हजार यात्रु बोक्ने क्षमता। प्रतिघण्टा २०–२४ माइल पानीमा कुदिरहने धेरै कम्पनीका क्रुजमध्ये एमएससी क्रुज नामको विशाल पानीजहाज चढेका थियौं हामी। जुन विश्वको दोस्रो ठूलो पानीजहाज रहेछ। एमएससी क्रुजभित्र के छैन ? गाई, भैंसी, बाख्रा, पशुपालनबाहेक सबैथोक छ। केराघारी छैन कि ? कुखुरा पालेको छैन कि ? बारी छैन कि ? के छैन ? साधारण मानव जीवनयापनदेखि विलासी जीवनमा रमाउने सम्पूर्ण सुविधा छ यसमा। मैले जन्मेहुर्केको जिल्लाको सदरमुकाममा हाटबजार लागे जस्तै भीडभाड। एमएससी क्रुज– श्रेणी र तहमा छुट्टिएको पानीमा गुड्ने पानीजहाज। मेरो नजरमा यो श्रेणी 
र तह छुट्ट्याउनु सकारात्मक हो तर आदर र इज्जत समान हुनुपर्छ। मेरो भनाइ मात्र यति हो।

श्रेणी भन्नाले महँगो, अलि कम महँगो र अलि सस्तो। तीन श्रेणीमा विभाजन गरेको हुँदोरहेछ। सायद सबैलाई समेट्ने पवित्र उद्देश्य। अलगअलग नाम दिइएका कोठाहरू सुट क्याबिन, ओसनभ्यु, बाल्कोनी क्याबिन, इनसाइड रुम आदि अनेक। अलगअलग दरका कोठाहरू। सम्पूर्ण सुविधायुक्त अति विशिष्ट शैयन कक्षहरू। श्रेणीवालहरूको खाना बेग्लै, स्विमिङ बेग्लै अनि बेग्लै सुत्ने रूम पनि। संसारमा बिकास त कति अगाडि कति ?

समुद्रीयात्रामा आआफ्ना रोजाइ : यात्रामा हामी दुईजना मात्र फरक मान्छे थियौं। हाम्रो दुवै जनाको क्रुजको यात्रा नौलो भएकाले सायद फरक किसिमको अनुभूति भयो। हामी दुईजना सम्बन्धका अर्थमा एक। तर यो भन्ने कुरामात्र हो। सम्बन्ध जे भए पनि हरेक व्यक्ति स्वतन्त्र अस्तित्वमा जिउन चाहन्छ। जुन २१औं शताब्दीको यो अत्याधुनिक विकसित समाजमा सामान्य बनेको छ।

त्यसमा पनि मलाई पानीमा जान मन नपर्ने। जबकि तारालाई पानीमा नगई नहुने। यतिमात्र होइन, मैले बिहान उठेर समयमा ओखती खानैपर्ने तर तारालाई बिहान चिनी राखेर दूधचिया पिउनैपर्ने। सहयात्रामा कतिपय व्यक्तिगत चाहना पनि अरू सरह बनेर स्वीकार्नुपर्ने। कतिपय सन्दर्भमा अरूले पनि मेरा लागि गरिदिनु, भइदिनु अनि खाइदिनु पर्ने ! फुर्सदको समय भयो भने कोठामा हिन्दी सिरियल हेरिरहनुपर्ने जबकि मलाई फिल्म मन पर्दैन। सात दिनको समुद्रीयात्रा छ, खुसी नभए पनि खुसी रहनुपर्ने अवस्था पनि आइलागे। सायद यो सबैको हकमा लागू हुन्छ नै।

बास नवौं तलामा, खाना १५औं तलामा : धामी दम्पती अर्थात् हामी बस्ने कोठा नवौं तलामा थियो। अनि खानाका लागि १५औं तला। जहाँ लाग्थ्यो मानौं, खानाका परिकार बिछ्याएका छन्। परिकार पनि कति कति। हरियो रायोको साग थिएन, सिलौटाको अचार थिएन, हामीले खाने मःमः थियो तर त्यसको नाम ‘डम्पलिङ’ भनेर लेखेको थियो। लम्बाइमा जहाजलाई तीन भागमा बाँडिएको थियो।

प्रत्येक अलगअलग नाम दिएका तलाहरूमा अलगअलग भागमा चार–चारवटा ‘एलिभेटर’ र चार–चारवटा भर्‍याङद्वारा तलमाथि गर्ने अति सुविधाजनक एमएससी क्रुजभित्र सोमबार बिहान १० बजे ‘डिमान्ड हर्ट नेक्लेस नामले ब्रोड–वे थिएटर’मा छैटौं तलामा बजार मेला लाग्दोरहेछ। १९औं तलामा रहेको जिम र १८औं तलामा रहेको स्विमिङमा जान भर्‍याङ चढ्दा डरको पनि पारो उक्लियो ताराको।

विशाल समुद्र, विशाल जहाज : आइतबार बेलुकी ४ बजेको हुँदो हो। समुद्रको आफ्नै मार्गमा कुदेको क्रुजभित्र विभिन्न कार्यक्रम चलिरहेको थियो। मंगलबारको दिन ११ बजे। बल्ल फ्लोरिडा नजिक पोर्ट क्यानभेरेल ओरलान्डोमा बिहान १० बजे पुर्‍यायो। सिपपोर्टबाट आधा घण्टाको मोटर यात्राबाट पुगिने ‘युनिभर्सल ओरलान्डो’ पर्यटक क्षेत्रको उदेकलाग्दो रमणीय ठाउँ पुरानो पर्यटकस्थल रहेछ। बिहान १० बजे छोडेका समुद्री पर्यटकहरू बेलुकी ७ बजे लिन आएको यात्रुवाहक बसमा फिर्ता सिपपोर्टमा फर्कियौं।

सबै यात्रु होइनन्, दुई तीन पर्यटक बसमात्र गएका थियौं। अरू त सबै त्यही क्रुजभित्र र समुद्रको वरिपरिको रमणीय दृश्यमा झुमिरहेका थिए। त्यहाँबाट ९ बजे राति अझ समुद्रीयात्रा जहाँ घर जस्तो, होटेल जस्तो, खेलमैदान जस्तो, हाटबजार जस्तो, ठूलाठूला रेस्टुराँ जस्तो, ठूलठूला मल जस्तो। भनौं, विशाल समुद्रको विशाल जहाजभित्र।

‘ओसन के’, आइल्यान्ड र आकर्षण : अँध्यारो रात्रिमा नीलो समुद्री यात्रा १२ घण्टा पार गरी बुधबार बिहान ९ बजे ‘ओसन के’मा पुग्यौं। त्यो जहाज बेलुकी ९ बजेसम्म त्यहीँ रोकियो। यात्रुहरू सबै आइल्यान्डतिर गए। कोही समुद्री तटमा त कोही जहाजभित्रै बसे। मानौं, त्यो समुद्री संसारभित्र सबै खालको हाटबजार। कुनै पनि देशमा सिस्टमको व्यापारले सफल व्यापारी बनाउँछ, सफल व्यापारले आमग्राहकलाई सुलभ बनाउँछ। अनि सरकारी घरजग्गालाई निजी बनाएर खरिद बिक्री गर्नु पर्दैन, न त सरकारी ढुकुटीमै आँखा गाड्नु पर्छ।

फ्लोरिडाको आकर्षण सहर मियामीबाट दक्षिण पूर्वमा पर्ने ‘बहमास’ एउटा सानो टापु भएको देश हो, यही बहमासभित्र पर्ने सेतो बालुवाले भरिएको वरिपरि पानीले घेरेको निजी समुद्र भएको ४२ हेक्टरमा फैलिएको एउटा ‘ओसन के’ निजी टापु रहेछ। संयुक्त राज्य अमेरिकाको हवाई राज्यको एक निजी कम्पनीले सन् १९६० मा फेला पारेको र त्यहाँको माटो, धातु र बालुवा सबै हवाईमा पुर्‍याइसकेको रहेछ। पछि १९९५ मा एक सय वर्षका लागि एमएससी कम्पनीले त्यो टापु किनेको रहेछ।

त्यही टापुमा एमएससीका चार ठूला बडेमान पानीजहाज हप्ताको चार पटक र अन्य १९ वटा साना क्रुजहरूले समुद्र तटको आनन्द लिने समुद्री पर्यटकहरूको लागि उत्कृष्ट गन्तव्यको स्थल बनाएको रहेछ। जुन ठाउँले मलाई पूर्वमा पर्ने कोशी टापुलाई सम्झना दिलायो। विभिन्न प्रजातिका चराको बासस्थान रहेको कोशी टप्पुमा रिसोर्ट सञ्चालक तथा पर्यटक व्यवसायी बस्नेतजीले दार्जिलिङ यात्रालाई कोशी टप्पुमा ‘लन्च ब्रेक’को व्यवस्था गरे जस्तै। तर उक्त टापुजस्तै यो पानीजहाज र त्यो कोशीको बस्ती जत्तिकै यो जहाजका पर्यटकहरूले रमणीय बनाएको टापु र निजी समुद्रको भरपूर आनन्द लिन समुद्री यात्राको विकास भएको रहेछ।

ब्रह्मज्ञान, बार र बहमास : समुद्रमा यात्रा गरिसकेपछि समुद्रको जललाई चाखँु त भन्ने ब्रह्मज्ञान आयो। एमएससीको निजी समुद्रमा हाम फालें। पानी धेरै नुनिलो रहेछ। हीरा र मोतीका कणहरूले जीउभरि चिलाए जस्तो भयो। हामी सबै यात्रुले समुद्रको नुनिलो पानी त्यही पखाल्यौं। त्यहीं खाना खायौं। केही पर्यटकका सामान पनि किन्यौं। त्यो निजी टापु हो। जहाँ सयौं पसल छन्। हजारांै घर छन्।

दर्जनांै पानीमा चल्ने पनडुब्बी जहाज छन्। मेडिटेरनेयन सिप्पिङ कम्पनी (एमएससी) कम्पनीको निजी टापुमा जल यात्रुलाई भरपूर मनोरञ्जन दिने कैयौं दृश्यावलोकन छन्। जसमध्ये ‘ओसन के’बाट सूर्यास्तपश्चात देखिने पूरै समुद्रमा उज्यालो पार्ने ‘लाइट हाउस’ले झन् मनोरञ्जन दिएको हुन्छ। जसभित्र ‘लाइट हाउस बार’ले प्यासीहरूलाई प्यास मेटाएको हुन्छ। त्यहाँबाट ९ बजे बेलुकी बहमासका लागि प्रस्थान गर्‍र्याैं। प्रजातान्त्रिक राजतन्त्रात्मक शासन प्रणाली रहेको बहमासमा ४ लाख १० हजार जनसंख्या रहेछ। हाउस या डाइमन्डस्ले प्रख्यात रहेको टापुमा भारतीय व्यापारीले ओगटेका छन्।

अन्ततः न्यूयोर्क, भव्य अनि दिव्य सामुद्रिक यात्रा : त्यसो त क्रुजमा पनि पसल धनी, रेस्टुरेन्ट र पार्लर भारतीय मूलका नै थिए। बहमासमा पाइने हीरा विश्वको सबैभन्दा राम्रो मानिने रहेछ। ठग्न नपाइने र बाहिरबाट आयातित बेच्न नपाइने कानुन रहेछ। जति सानो जडित हिराको गहना, त्यति नै महँगो ! कति भने, चार–पाँच हीराजडित १५ ग्रामको २२ क्यारेट सुनको चुरा ३ लाख ९० हजार नेपाली रुपैयाँ जति पर्दोरहेछ। गर्मी थियो, हामी दुईजना मात्र भएकाले एउटा रेस्टुराँमा स्थानीयको एउटै स्वादको रोटी र केही फरक स्वादको तरकारी खायौं। हरियो नरिवलको पानी पनि पियौं।

सायद त्यो पानी खुला देखिने गरेर न त नरिवलको दाना काट्यो, न त काट्ने ठाउँ नै हेर्न पायौं। त्यसैले ठगियौं कि जस्तो पनि लाग्यो। जे होस्, हामी टुरिष्ट थियौं। २५ डलरमा किन्यौं र पियौं। त्यहाँबाट घुमफिर गरेर बेलुकी ६ बजे क्रुजभित्र पस्यौं। नुहाउनु, खाना खानु, खेल्नु, घुम्नु सबै क्रुजभित्र 
नै थियो। त्यहाँबाट बिहीबार बेलुकी ११ बजे न्युयोर्कका लागि प्रस्थान गर्‍र्यौं। आइतबार बिहान गन्तव्यमा आइपुगेर सामुद्रिक भव्य अनि दिव्य यात्राको बिट मार्‍यौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.