पर्यटनमन्त्री पाण्डेले गरे पूर्वमन्त्रीहरूसँग छलफल

पर्यटनमन्त्री पाण्डेले गरे पूर्वमन्त्रीहरूसँग छलफल

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन्। शुक्रबार मन्त्रालयमा भएको बैठकमा समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि मन्त्री पाण्डेले छलफल गरेका हुन्।  

मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग अलग सुझाव माग्नु गरेका थिए। सोही क्रममा पूर्व मन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताएका थिए। उनीहरूले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनुपर्नेमा जोड दिए। त्यसै गरी पूर्वमन्त्रीहरूले दुर्घटनापछि ज्यान गुमाइसकेका पाइलटमाथि मात्र दोष लगाउन नहुनेमा समेत स्पष्ट पारे। 

छलफलमा पूर्व पर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनिहरूलाई अलग अलग बनाउनुपर्नेमा जोड दिएका छन्। पूर्व पर्यटन मन्त्रीहरूले   नेपाल नागरिक उड्डयन प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरुस्त रूपमा काम गर्न नसक्ने सुझाव दिए। 

पूर्व पर्यटन मन्त्रीहरूले नियामक निकाय र सेवा प्रदायक निकायलाई अलग अलग राख्ने विषय विधेयकमा राख्नु पर्ने सुझाव दोहोर्‍याएका थिए। यसका साथै उनीहरूले नागरिक उड्डयनतर्फ वैधानिक र कार्यान्वयनका क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने सुझाव दिए। पूर्वमन्त्रीहरूले घटना भएपछि आयोग बनाउनुभन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने सुझाव दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.