एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी अन्तिम चरणमा

एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी अन्तिम चरणमा

काठमाडौं : ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्लेअफका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। 

शुक्रबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै चर्च ब्वाइजले साउन २९ गते दशरथ रंगशालामा हुने उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। 

उक्त खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुबन्ध गरेको जनाएको छ। टोलीको कप्तानी अनन्त तामाङ र उपकप्ताको जिम्मेवारी एरिक विष्टले पाएको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए। 

उनले टिमप्रति सन्तुष्ट रहेको र राम्रो नजिता आउने बताए। छोटो समयमा पनि टीमले तयारी गरेको र यसबीचमा भएको आन्तरिक मैत्रीपूर्ण खेल राम्रो देखिएको उनको भनाइ छ। महर्जनले भुटानी टोली पारो एफसीको टिममा विदेशी खेलाडी धेरै भएपनि चर्च ब्वाइजले होम ग्राउन्डका फाइदा उठाउने विश्वास व्यक्त गरे। 

उक्त खेलका लागि साधारण प्याराफिट तर्फको टिकट रु दुई सय र भिआइपी प्याराफिटको टिकट ५ सय रुपैयाँ निर्धारण गरिएको छ। यस खेलसँगै दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता पनि फर्किएको छ। प्लेअफको विजताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ। समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.