सेभ द चिल्ड्रेनले गर्‍यो स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण

सेभ द चिल्ड्रेनले गर्‍यो  स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण

काठमाडौं : सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अनुदान अन्तर्गत नवनिर्मित अत्याधुनिक स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण गरेको छ। सेभ द चिल्ड्रेनले बागमती प्रदेश सरकारलाई बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा हस्तान्तरण गरेको जानकारी दिएको छ। करिब ३ करोड २८ लाख रुपैयाँमा उक्त भवन निर्माण भएको हो।

हस्तान्तरण कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापा मगरले प्रदेशस्तरको स्वास्थ्य प्रणाली सुदृढ गर्न सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको महत्वपूर्ण भूमिका रहेको बताए। उनले यस नवनिर्मित भवन विविध प्रकारका औषधि तथा चिकित्सीय सामग्रीहरू उचित तवरले भण्डारण गर्न निकै उपयोगी हुने बताउँदै विशेषगरी स्वास्थ्य सेवाबाट बञ्चित सर्वसाधरणको औषधी सम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने बताए।

सरकारी स्वामित्वको जमिनमा हेटौंडामा निर्मित ४७० वर्गमिटरमा फैलिएको यस भवन अपाङ्गता–मैत्री, सीसीटीभी जडित, फायर अलार्म प्रणालीयुक्त, टेलिफोन तथा इन्टरनेट नेटवर्क र चौबिसै घण्टा सौर्य ऊर्जा ब्याकअप प्रणाली जडित छ। गोदामको निर्माण कार्य यही १७ मार्चमा सुरु भइ ३ महिना लागेको थियो।

सेभ द चिल्ड्रेन, नेपाल तथा भुटान कन्ट्री अफिसको राष्ट्रिय निर्देशक तारा क्षेत्रीले यो स्वास्थ्य सामग्री भण्डारण भवनले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका साथै आवश्यक औषधिहरूको आपूर्ति र मागको व्यवस्थापनमा सहयोग पुर्‍याउने बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.