कानुन समितिबाट टीआरसी विधेयक पारित, आगामी संसद बैठकमा पेश हुने

कानुन समितिबाट टीआरसी विधेयक पारित, आगामी संसद बैठकमा पेश हुने

काठमाडौं : कानुन, न्याय तथा मानव अधिकार समितिबाट टीआरसी विधेयक पारित भएको छ। आज समितिको सभा कक्ष, सिंहदरबारमा बसेको बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो।

विधेयकमा सन्दर्भमा देखिएका विवादहरुलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेको थियो । विवादीय विषयमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो ।

समिति बैठकमा सभापति विमला सुवेदीले विधेयक समितिको मस्यौदा प्रस्तुत भएकै रुपमा सर्वसम्मत पारित भएको जानकारी गराइन्।

उनले यो विधेयक आगामी संसद बैठकमा पेश गर्ने व्यवस्था मिलाउन सभामुखसमक्ष आग्रह गरिने बताइन्। उनले यो विधेयक नेपाली जनताले प्रतिक्षा गरेकाले महत्त्वपूर्ण रहेको बताइन्। सोक्रममा उनले स्वर्गीय नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङलाई समेत स्मरण गरिन्। 

बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले मानवअधिकारको उलंघनमा पीडितलाई न्याय दिने,गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरूबीचको सहमति महत्वपूर्ण रहेको बताए। उनले विधेयक पीडितमैत्री भएकाले न्याय दिने विश्वास व्यक्त गरे।

त्यस्तै समिति सदस्यहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नु निकै महत्वपूर्ण विषय भएकाले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.