‘द्वन्द्वपीडितलाई परिपुरण दिँदा श्रीमती अन्यत्र बिहे गरेर गएको भए बाउ आमाले पाउने स्पष्ट व्यवस्था गर्नुपर्छ’

‘द्वन्द्वपीडितलाई परिपुरण दिँदा श्रीमती अन्यत्र बिहे गरेर गएको भए बाउ आमाले पाउने स्पष्ट व्यवस्था गर्नुपर्छ’

काठमाडौं : सांसद नैनकला थापाले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरुबीच सहमति हुनु सकरात्मक रहेको बताएकी छन्। बिहीबार  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै उनले टीआरसी विधेयक संशोधनको तयारी गर्दै गर्दा राजनीतिक निष्कर्ष ल्याएकोमा खुसी व्यक्त गरिन्। 

तर, ऐन आएपछि पनि अझै पीडितले न्याय पाउनेमा भने सांसद थापाले आंशका व्यक्त गरिन्। ‘टीआरसी विधेयक संशोधनको तयारी गर्दै गर्दा राजनीतिक निष्कर्ष ल्याएकोमा खुसी लागेको छ तर अझै आंशका छन्। ऐन आएपछि आयोगको म्याद ४ वर्ष राखिएकाले ४० वर्ष लाग्ने हो कि भन्ने आंशका छ।’
 

तत्कालीन राजनीतिक दलको स्वार्थले शान्तिप्रक्रिया टुंगोमा पुग्न नसकेको बताइन्। उनले श्रीमतीले अर्काले बाउ आमाले पाउने व्यवस्था गर्नुपर्ने बताएकी छन्। राहत कसले पाउने कानुनमै किटान गर्नु आवश्यकता रहेको उनको भनाई छ।

‘पीडितलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्छ। परिपुरण कसरी पाउने स्पष्ट व्यवस्था गर्नुपर्छ। परिपुरण दिनुपर्छ अब राहत दिने भनेको ब्लडमनि त हो, हामीले दिने भनेको त।’ उनले भनिन्,‘एकल महिला छ भने उसले पाउने व्यवस्था गर्नुपर्छ। श्रीमती अन्यत्र बिहे गरेर गएको छ भने बाउआमाले पाउने स्पष्ट व्यवस्था गर्नुपर्छ।’ एउटै परिवारमा भएपनि कसरी जाने स्पष्ट कार्यविधिमा उल्लेख गर्नुपर्ने उनको भनाई छ।

सांसद पूर्णबहादुर घर्तीमगरले टीआरसीमा भएको सहमतिले पीडितहरु भने खुसी हुने दाबी गरे । उनले डलर खाएर खेती गर्नेहरुको मनमा चसक्क परेको हुनसक्ने व्यङ्ग्य गर्दै द्वन्द्व पीडितहरु खुशी भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.