आना कोइराला बनिन् 'मिस नेपाल नर्थ अमेरिका-२०२४ '

आना कोइराला बनिन् 'मिस नेपाल नर्थ अमेरिका-२०२४ '

न्यूयोर्क : ‘मिस नेपाल नर्थ अमेरिका २०२४’को ताज  अमेरिकाको नर्थ क्यालोरिनाकी आना कोइरालाले जितेकी छन्। ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा पुगेका १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै आनाले ‘मिस नेपाल नर्थ अमेरिका २०२४’को उपाधि जितेकी हुन्। 

शनिबार सम्पन्न उक्त प्रतियोगितामा रुवी पौडेल प्रथम र आदिश्री रेग्मी द्वितीय उपविजेता बनेका छन्। प्रतियोगितामा क्यानडा र अमेरिकाका विभिन्न राज्यहरूबाट १८ जना प्रतियोगीहरू सहभागी थिए।

मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी आना कोइराला ,क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर ,ओहायोकी दृश्य धिताल ,न्यूजर्सी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल , कोलोराडोकी सबिता चौलागाई  ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह मिस नेपाल नर्थ अमेरिका २०२४  अन्तिम शीर्ष १८ मा पुग्न सफल भएका थिए।

यस वर्ष मिस नेपाल नर्थ अमेरिका २०२४ का प्रतियोगीहरूको प्रशिक्षण बाल्टिमोरमा गरिएको थियो । बाल्टिमोरमा सम्पन्न तालिमको प्रबन्ध स्थानीय नाम्लो इभेन्ट,नाम्लो अन एयरको टोली (टिम)ले जिम्मेवारी लिएको थियो ।

प्रतियोगिताका लागि निर्णायकमा नायिका आँचल शर्मा ,अधिवक्ता बासु फुलारा ,कलाकार तथा नमुना  (मोडल) अनुप बिक्रम शाही ,नायिका वर्षा राउत ,उषा उप्रेती ,डा. उदिप श्रेष्ठ ,सन् २०२० की मिस नेपाल युनिभर्स अनिश्का शर्मा , मोडलरसुगठन उधमी भावना कल्वानी,मोडल तथा कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ,२०२२ की मिस नेपाल नर्थ अमेरिकाकी बिजेता प्रतियुशा बोहरा रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका हरेक वर्ष अगस्त महिनामा हुँदै आएको छ ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.