प्री ओपन सेसनमा ६.५९ अंकले  घट्यो नेप्से परिसूचक, २७ वटा स्टक्सको मूल्य स्थिर

प्री ओपन सेसनमा ६.५९ अंकले  घट्यो नेप्से परिसूचक, २७ वटा स्टक्सको मूल्य स्थिर

काठमाडौं : सेयर कारोबार साताको चौथो दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक ६.५९ अंकले घटेर २६४४.७३ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक १४५ अंकले घटेर  २६५१.३२ विन्दुमा पुगेको  थियो। सो दिन कारोबार रकम भने हालसम्मकै उच्च भएको थियो। मंगलबार २३ अर्ब ७१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज प्री ओपन सेसनमा १०३ स्क्रिप्सको ५४ हजार ६३६ कित्ता सेयर २ करोड १२ लाख ५२ हजार ५७२ रुपैयाँमा खरिदबिक्री भए।

यो समयमा २३ स्टक्सको मूल्य बढ्दा ५१ वटाको घट्यो। २७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.