जाजरकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

जाजरकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

जाजरकोट : जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। भेरी नगरपालिका-६ का जीप चालक ३४ वर्षीय मोहन वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सदरमुकाम खलंगाबाट भेरी नगरपालिका-६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप सोही नगरपालिकाको वडा नं ६ को गंज जंगलमा मंगलवार दिउसो दुर्घटना भएको हो। 

घाइते १४ जनालाई उद्धार गरे जिल्ला अस्पतालमा ल्याइएको छ। घाइतेको उपचार भइरहेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए। घाइते मध्य दुई जनाको अझै होस खुल्न सकेको छैन। यात्रुवाहक बोलेरो जीप भीरबाट खसेको भन्ने खबर आउन साथ उद्धार कार्यको लागि प्रहरी घटनास्थल तर्फ गएको थियो।

भेरी नगरपालिका-६ की १७ वर्षीया सिता पुन र सोही ठाउँका ८० वर्षीय कलिमान खत्री गम्भीर घाइते भएका छन्। दुवै जनाको होस खुल्न सकेको छैन। त्यस्तै सोही ठाउँका २८ वर्षकी सपना बिक सार्की, सोही ठाउँकी ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोति लुहार, २८ वर्षीया भुमिकला राना घर्ती, उनको चार महिनाको छोरा प्रज्वल घर्ती र २१ वर्षीया धनसरा खड्का घाइते भएका छन्।

त्यस्तै सोही ठाउँकी ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ४० वर्षीया हिरा सार्की र ३१ वर्षीया पार्वती उपाध्याय घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ५ जनाको क्षमता भएको गाडीमा क्षमता भन्दा धेरै यात्रु राखेकाका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.