मिस युनिभर्स नेपाललाई अन्नपूर्णको साथ

मिस युनिभर्स नेपाललाई अन्नपूर्णको साथ
तस्बिर : दिपेन श्रेष्ठ

काठमाडौं : ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडले आयोजना गरेको मिस युनिभर्स नेपाल २०२४ को मिडिया पार्टनरका रूपमा अन्नपूर्ण मिडिया नेटवर्कले सहकार्य गर्ने भएको छ। 

मंगलबार तीनकुनेस्थित कर्पोरेट टावरमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडका प्रबन्धक निर्देशक आलोक क्षेत्री र मिस युनिभर्स नेपाल २०२४ को क्रियटिभ पार्टनर प्रिज्मा एड्भरटाइजिङका महाप्रबन्धक शरद शाहीले सयुंक्तरूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक क्षेत्रीले महिला सशक्तिकरणसँग सम्बन्धित मिस युनिभर्स नेपाल २०२४ महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए।

क्षेत्रीले मिस युनिभर्स नेपालमा सहभागी हुनका लागि उचाइ, तौल, वैवाहिक अवस्थालगायतका कुनै पनि निश्चित मापदण्ड नतोकिएकाले इच्छुक जोसुकै महिलाले प्रतियोगितामा सहभागिता जनाउन पाउने बताए।  

उनका अनुसार यस वर्ष मिस युनिभर्स नेपाल २०२४ प्रतियोगितामा श्रवण शक्ति नभएका प्रतिस्पर्धी पनि सहभागी हुन पाउनेछन्। त्यस्तै ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक क्षेत्रीले अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा मिस युनिभर्स नेपाल २०२४ का प्रतिस्पर्धीहरूलाई तालिम दिइरहेको जानकारी गराए। 

क्षेत्रीले हालसम्म ३५ जना प्रतिस्पर्धी छनोट भइसकेको जानकारी दिए। मिस युनिभर्स नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धा सेप्टेम्बरको पहिलो साता काठमाडौंमा हुने जानकारी उनले दिए। मिस युनिभर्स २०२४ का विजेताले मेक्सिकोमा हुने ७३ औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक बस्नेतले मिस युनिभर्स नेपाल २०२४ पछि पनि भविष्यमा ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.