अमेरिकाको कोलम्बसमा पहिलो 'इसका ओपन कराते च्याम्पियनसिप'

अमेरिकाको कोलम्बसमा पहिलो 'इसका ओपन कराते च्याम्पियनसिप'

कोलम्बस : इन्टरनेसनल सितेरियो कराते एसोसियसन(आइएसकेए)ले पहिलोपटक अमेरिकाको ओहायो राज्यको कोलम्बसमा राष्ट्रिय स्तरको खुल्ला कराते प्रतियोगिता आयोजना गरेको छ।  प्रतियोगितामा ओहायो, पेन्सिल्भिनिया, केण्टुकी, न्यूयोर्क, कोलोराडो र एरिजोना गरी अमेरिकाका ६ ओटा राज्यबाट काता र कुमुते दुई बिदामा कुल २३१ जना कराते खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

कुल २४२ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा ड्रक इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, हेरिस्बर्ग पेन्सिल्भिनियाले जम्मा २५, बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायोले  १९ र इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, कोलम्बस ओहायोले ११ स्वर्ण पदक प्राप्त गरेर पदक तालिकामा  डिस्का, बक्नर मार्सल आर्ट्स र इस्का क्रमश: पहिलो, दोश्रो र तेस्रो भएका थिए।  

प्रतियोगितामा ड्रक इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, हेरिस्बर्ग पेन्सिल्भिनिया (६२), इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, कोलम्बस ओहायो  (५०), ड्रक शितो काइ, रेनाल्ड्सबर्ग ओहायो(३३), बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायो(२८), सिबुकान मार्सल आर्ट्स, कोलम्बस ओहायो (१० ), शितो रियो कराते डो, कोलम्बस ओहायो (०६), ट्रान्सअमेरिकन एसोसियसन अफ शितो रियो, ल्यनकास्टर पेन्सिल्भिनिया (०३), च्येम्पिअन मार्सल आर्ट्स, न्यूयोर्क(०३), मास्टरस मार्सल आर्ट्स, फ्लोरेन्स केण्टुकि (०३), ओकनावा डोजो, डेन्भर कोलोराडो  (०२ ), ग्रेट लेक्स सेवा काइ, टोलेडो ओहायो (०१ ), एरिजोना वादो कराते, एरिजोना  (०१ ),  लगायतका खेलाडी थिए।

प्रतियोगितामा मुख्य रेफ्रीको नेतृत्व विस्व कराते फेडेरेसन रेफ्री समितिकी  सचिव र अमेरिकन कराते फेडेरेसन रेफ्री समितिकी मुख्य रेफ्री सेन्से फारिवा मदानीले गरेकी थिइन्। उनले अगस्ट २ शुक्रबार नयाँ र पुराना गरी २६ जना रेफ्रीहरुलाई करिब ५ घण्ट प्रशिक्षण दिएकी थिइन्। केही नयाँ रेफ्रीहरुलाई रेफ्रीको प्रमाणपत्रसमेत वितरण गरिएको थियो। यू एस ए कराते फेडेरेशनबाट मान्यता प्राप्त नव प्रशिक्षित रेफ्रीहरु  मालती राई, सुभम दाहाल, आशिका राई, हार्दिक बास्तोला, भिजन ओली, दर्शन अधिकारी र कमल गुरुङले प्रतियोगिता सञ्चालन गरेका थिए।

प्रतियोगिता व्यवस्थापन समितिको नेतृत्वमा ईस्काका प्रमुख र मुख्य प्रशिक्षकसमेत रहेका सेन्से शिव जोगीले गरेका थिए।  समितिका अन्य सदस्यहरुमा नेपाली भाषा तथा कला केन्द्र, सिनसिनाटीका प्रमुख तारा दाहाल, हेल्दी होम केअर  सिनसिनाटी र हेल्दी एडल्ट डे केअर केण्टुकीका प्रमुख लिला कुइँकेल, डिस्काका प्रशिक्षक दोए रने राई र सेन्से टि एन नेपाल, ड्रक शितो काइका मुख्य प्रशिक्षक मणि राई, ईस्काका प्रशिक्षक सेन्से साएल जोगी, लन अफिसर चरण बजगाई, स्वलगनशील किरात परिवारका श्री डम्बर राई , गोर्खा कम्ब्याटका मुख्य प्रशिक्षक सजित तामाङ्ग र स्वयमसेवक मनिष कार्की थिए।

कार्यक्रमको उद्घोषक बामाका प्रमुख र साहित्य परिषद् भूटानका सचिव श्री खेम रिजाल र लन अफिसर श्री चरण बजगाईले गरेका थिए।

उक्त एक दिवशीय प्रतियोगिता जम्मा पाँच ओटा रिङ्गमा खेलाइएको थियो। जसको नेतृत्व सेन्से सेन्थिल थियागरजन, सेन्से शान्ता ठोकर, सेन्से डक्टर हेमन्त घिसिङ्ग, सेन्से टि एन नेपाल र  सेन्से माया लेप्चाले गरेका थिए।  

पाँच ओटा रिङ्गमा भएको खेलमा कुल ३१ जना रेफ्रीहरु अनुबन्दित थिए।  प्रतियोगिताभर डक्टर देवेन्द्र न्यौपाने र आर एन याम राईले स्वास्थ विभागको पाटो सम्हालेका थिए।  प्रतियोगितालाई सम्पूर्ण भुटानी र नेपाली अमेरिकनका संघ संस्था, उद्योग व्यवसायी  र व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए।  

उक्त प्रतियोगिताको सफलताको शुभकामनासहित सिटी अफ रेनाल्डबर्ग्सले प्रोकलामेसन दिएको थियो जुन काउन्सिलम्यान  भुवन प्याकुरेलले सेन्सेइ शिव जोगीलाई हस्तान्तरण गरेका थिए।  कार्यक्रमको सुरुमा विश्व कराते फेडेरेसन कि रेफ्री सेन्सेइ फारिबा मदानीलाई आयोजक प्रमुख सेन्सेइ शिव जोगीले खादा ओडाएर स्वागत गरेका थिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.