नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनलमा इरानसँग भिड्ने
काठमाडौं : नेपालको राष्ट्रिय महिला भलिबल टोलीले माल्दिभ्सलाई पराजित गरेको छ।
काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० सेटले पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९, २५-१८ ले हराएको हो।
लिग चरणको समाप्तिसँगै अब मंगलबार सेमिफाइनलको खेल हुने छ। सेमिफाइनलमा नेपाल र इरान तथा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ।