सेयर बजारमा 'बुलिस ट्रेन्ड' देखिनु स्वभाविक होइन : डा.महत

सेयर बजारमा 'बुलिस ट्रेन्ड' देखिनु स्वभाविक होइन : डा.महत
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन्।  सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताए । उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिए।

महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीति र कांग्रेस–एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे। उनले बढिभन्दा बढि जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनाहरूलाई प्राथमिकतामा राख्नुपर्ने र त्यही अनुसार बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

वित्तीय व्यवस्थापनमा देखिएको बेथितिलाई अन्त्य गर्न नसके प्रतिवद्धता अनुसारको प्रतिफल आउन नसक्ने उनले बताए।  उनले जथाभावी ऋण लिने प्रवृतिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.