नयाँ हुन्डाई क्रेटा बजारमा

नयाँ हुन्डाई क्रेटा बजारमा

काठमाडौं : नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो। 

गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ। मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेका छन्।

क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्। त्यसैगरी पछाडि भागमा कनेक्टिंग एलईडी टेललाइट सेटअप र रि-डिजाइन गरिएको बम्पर समावेश गरिएको छ। 

गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेको भन्दा निकै आकर्षक छ। यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन्। ८-स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास छ।

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ। यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड-स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम (हाईलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ। 

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाटिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन्। १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरूले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ। 

गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी र आइभीटी उपलब्ध छन्। नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ। त्यस कारण नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरै भन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल हुने कम्पनीको विश्वास छ। नयाँ हुन्डाई क्रेटा E, EPL, S(O), SX, S(O) CVT, SX Tech, SX Tech CVT र SX (O) CVT भेरिएन्टहरू तथा ६ भिन्न रंगहरूमा उपलब्ध छ। नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ राखिएको छ।

विगत एक दशक भन्दा बढी समय देखि नेपालमा हुन्डाई गाडीहरू उपलब्ध गराइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले उत्कृष्ट सेवा र ग्राहक को सन्तुष्टिलाई प्राथमिकता राख्दै आएको छ। प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्रीपछि को सेवा ले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाइमा रहँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.