धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, १० जना घाइते

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, १० जना घाइते
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं : धादिङबाट काठमाडौं जाँदै गरेको माइक्रो बसमाथि रुख ढल्दा १० जना यात्रु घाइते भएका छन्।  घाइतेमध्ये ९ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको र एकजनालाई काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं डीएसपी मकेन्द्र मिश्रले अन्नपूर्णलाई जानकारी दिए। 

डीएसपी मिश्रका अनुसार ७२ वर्षीय वृद्ध निर्माण तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो। उनको छातीमा चोट लागेको छ।

धादिङबेसीबाट काठमाडौं आउँदै  गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको इभीमाथि गजुरी गाउँपालिका -५ खहरेमा पहिरोसँगै आएको रुख ढलेको थियो। माइक्रोमा १५ जना यात्रु सवार थिए।  घाइतेहरुको अवस्था मध्यम रहेको धादिङ प्रहरीले जनाएको छ।

रुख ढलेपछि पृथ्वी राजमार्ग केही समय अवरुद्ध भएपनि अहिले सुचारु भइसकेको डीएसपी मिश्रले जानकारी दिए।


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.