नेपाल इरानसँग पराजित
काठमाडौं : नेपाल इरानसँग पराजित भएको छ। काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत आइतबार भएको खेलमा नेपाल इरानसँग ३-२ सेटले पराजित भएको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा नेपालविरुद्ध भएको खेलमा इरानले ३-२ सेटले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो।
इरानले पहिलो सेट २५-१६, तेस्रो सेट २५-२३ र पाँचौं सेट १५-१३ बनाउँदै नेपाललाई पराजित गरेको हो। नेपालले दोस्रो सेट २५-१६ र चौथो सेट २५-१६ मा सफलता हासिल गरे तापनि पाँचौं सेटमा राम्रो प्रदर्शन गर्न सकेन।