कर्णालीमा कांग्रेसका चार जना मन्त्रीले लिए सपथ
काठमाडौं : कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ। आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो। जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् ।
माओवादी सरकारबाट बाहिरीएपछि उक्त चार मन्त्रालय खाली रहेको थियो ।