एमाले नेताहरूको जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी? (सूचीसहित)
काठमाडौं : नेकपा एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ३५५ नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो। बैठकले ७७ वटै जिल्लादेखि निर्वाचन क्षेत्रका इन्चार्जको जिम्मेवारीसमेत तोकेको छ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार देवीप्रसाद ज्ञवालीलाई चितवनको इन्चार्ज, आनन्दप्रसाद पोखरेललाई काठमाडौंको इन्चार्ज, गोकुलप्रसाद बास्कोटालाई काभ्रेको इन्चार्ज, महेश बस्नेतलाई भक्तपुरको इन्चार्ज, लीला गिरीलाई रुपन्देहीको इन्चार्ज, कमलप्रसाद चौलागाईँलाई रामेछापको इन्चार्ज, सुमनराज प्याकुरेललाई सप्तरीको इन्चार्ज, भैरवसुन्दर श्रेष्ठलाई जाजरकोटको इन्चार्ज, रामदयाल मण्डललाई महोत्तरीको इन्चार्च तोकिएको छ।
त्यस्तै ज्वालाकुमारी साहलाई बाराको इन्चार्ज, विशाल भट्टराईलाई खोटाङको इन्चार्ज, ठाकुरप्रसाद गैरेलाई पाल्पाको इन्चार्ज, जुलीकुमारी महतोलाई धनुषाको इन्चार्ज, निरुदेवी पाललाई कञ्चनपुरको इन्चार्ज, नरुलाल चौधरीलाई दाङको इन्चार्ज, सूर्य थापालाई प्युठानको इन्चार्ज, पार्वत गुरुङलाई दोलखाको इन्चार्ज तोकिएको छ।
त्यस्तै बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ। उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो।
त्यस्तै मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरिएको थियो भने १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। जसमा सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहेका छन्।
त्यस्तै केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) छन्।
त्यस्तै प्रदेश इन्चार्ज पनि हेरफेर गरिएको छ। जसमा शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा नेताहरूलाई निर्देशन दिएका थिए। उनले नयाँ परिवेशमा जनअपेक्षाअनुरुप पार्टी नेतृत्व भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।