वेस्टमिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’लाई

वेस्टमिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’लाई

काठमाडौं : कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि सम्धी ई–स्पोर्टस् टिमले जितेको छ। तीन दिनसम्म कलेज हातामा भएका खेलहरूसँगै सम्धी तालिकामा सर्वाधिक अंकसहित उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता रहेको थियो। हरेक टिमले ९–९ वटा खेल खेल्दा सम्धी ८५ अंक सहित विजेता बन्न सफल भएको हो। विजेता टिमले ट्रफि, सर्टिफिकेटसहित नगद ३७ हजार रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगितामा टुगेदर वि डोमिनेट टिम फस्र्ट रनरअप बन्न सफल भयो। रनरअप टिमले सर्टिफिकेटसहित २४ हजार रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै, सेकेन्ड रनरअपको उपाधि रेकर्सले प्राप्त गरेको छ। रेकर्सले सर्टिफिकेटसहित १४ हजार रुपैयाँ प्राप्त गरेको छ। 

प्रतियोगिताको सर्वोत्कृट खेलाडी सुजन राई बन्न सफल भए। उनले सर्टिफिकेट सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ। विजेताहरूलाई कलेजका प्रिन्सिपल अरुणलाल जोशी तथा ‘रश्मेकास्ट’का रश्मा महराले पुरस्कार प्रदान गरे।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै वेस्टमिन्स्टरका कलेजका प्रिन्सिपल जोशीले भने, ‘यो कार्यक्रम कलेजका विद्यार्थीहरूबीच ई–स्पोर्टस् खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना  गरिएको हो। विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
प्रतियोगिताको व्यवस्थापन टेनेट्सले गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.