तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : विभिन्न तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार शितल निवासमा बाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा,लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.