एमालेको उपाध्यक्षमा गुरु बराल, महेश बर्तौलासहित १७ जना केन्द्रीय सदस्यमा मनोनीत

एमालेको उपाध्यक्षमा गुरु बराल, महेश बर्तौलासहित १७ जना केन्द्रीय सदस्यमा मनोनीत
बिहीबार काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत।

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ। काठमाडौंमा बिहीबार बसेको बैठकले स्थायी कमिटी सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरिएको पार्टी महासचिव शंकर पोखरेलले बताए।

त्यस्तै बैठकले स्थायी कमिटी सदस्यमा पनि दुई जना मनोनीत गरेको छ। जसमा मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठ रहेको महासचिव पोखरेलले बताए।

त्यस्तै एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनीत गरेको छ। बैठकले प्रमुख सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको हो। महासचिव पोखरेलका अनुसार पार्टी प्रवेश गरेका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित रहेका छन्। 

त्यस्तै चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगुलगायत रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.