कञ्चनपुरमा धान गोड्न गएकी युवतीको बाघको आक्रमण परी मृत्यु

कञ्चनपुरमा धान गोड्न गएकी युवतीको बाघको आक्रमण परी मृत्यु
फाइल तस्बिर।

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणमा परी एक युवतीको मृत्यु भएको छ । बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए । 

उनका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी खोजतलास गर्दा शाह उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीका अनुसार स्थानीयले खेतमा धान गोड्ने बेलामा बाघले आक्रमण गरेर बताएका छन्। 

अहिले मृतकको शव दोधारा चाँदनी स्थित अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबार पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ का मानमती साउँद घाइते भएकी थिइन्। घरनजिकै गोठमा गाइलाई घास हाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.