टीआरसी विधेयकमा तीन दलबीच सहमति

टीआरसी विधेयकमा तीन दलबीच सहमति
फाइल तस्बिर।

काठमाडौं : संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा प्रमुख तीन दलबीच सहमति भएको छ। आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। 

उनका अनुसार तीन दलका कार्यदलका बीचमा आजसम्म भएका सहमति र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने जानकारी दिए। null

यसैगरी गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिला विषयमा सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले चाडै कार्यदलमा भएका सहमतिको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदै समितिमा पठाउने बताए।

सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, पीडितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्ने लगायका विषयमा कार्यदलबीच सहमति भएको छ। कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक  बर्तौला र माओवादी केन्द्रका उपमहासचिव शर्मा थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.