बंगलादेशको विद्यार्थी प्रदर्शनमा फेरि हिंसा

बंगलादेशको विद्यार्थी प्रदर्शनमा फेरि हिंसा
सुन्नुहोस्

ढाका : बंगलादेशमा आरक्षणविरुद्धमा चलिरहेको आन्दोलनमा फेरि हिंसा भड्किएको छ। आन्दोलनरत विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको हो। 

विद्यार्थीहरूले भर्खरै भएको हिंसामा परेका पीडितलाई न्यायको माग गर्दै थिए। सोही समयमा फेरि हिंसा भड्किएको बीबीसी समाचारमा उल्लेख छ।

उत्तरपूर्वी सहर सिल्हेतका एक अधिकारीले बुधबार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताए।

राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन्। 

यो महिनामा विद्यार्थी आन्दोलनको क्रममा भएको हिंसामा २०० भन्दा बढीको मृत्यु भइसकेको छ। प्रहरीले झण्डै एक हजारलाई नियन्त्रणमा लिएको छ।

बुधबार विद्यार्थीहले न्यायको लागि मार्चको आह्वान गरेका थिए। विद्यार्थीको सामूहिक हत्या, आक्रमण, गिरफ्तारी र बेपत्ताको विरोधमा प्रदर्शन भएको विद्यार्थीहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.