पेरिस ओलम्पिक : प्रिन्स दाहाल अन्तिम खेलमा पनि पराजित
काठमाडौं : नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक- २०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन्।
पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भएका हुन्। पहिलो सेटमा १२-२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०-२१ ले पराजित भए।
त्यसअघि प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २-० को सोझो सेटमा पराजित भएका थिए। दोस्रो खेलमा आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१-७ र २१-५ को सोझो सेटमा पराजित गरेका थिए।
प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए।
पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगीताबाट बाहिरिसकेका छन्।
अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धामात्र बाँकी छ। उनले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन्।