आतिथ्य सत्कारमा क्रान्ति

आतिथ्य सत्कारमा क्रान्ति

नेपालको पर्यटन उद्योगले पछिल्ला दिनमा उल्लेख्य फड्को मारेको छ। हिमाल, सांस्कृतिक सम्पदा र विविध भूगोलले भरिएको नेपालले विश्वभरिका पर्यटकलाई आकर्षित गर्दै आएको छ। तथापि, पर्यटन उद्योगसँग सम्बन्धित दक्षता भएका मानव पुँजीको अभावले उद्योगको पूर्ण सम्भावनालाई पछाडि धकेल्दै आएको छ। पर्यटन, होटल व्यवस्थापन वा आतिथ्य सत्कार अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि शिक्षामा पहुँच पनि चुनौतीपूर्ण छ, जसको पछाडि विभिन्न कारण छन्, जसमध्ये आर्थिक अभाव मुख्य कारण हो।

नेपालमा पर्यटन उद्योगको प्रचुर सम्भावना भएता पनि आतिथ्य क्षेत्रसँग सम्बन्धित दक्षता भएका मानव पुँजीको अभाव छ। पर्यटन र आतिथ्य सत्कार क्षेत्रका विद्यार्थीलाई आवश्यक पर्ने आधुनिक शिक्षण सामग्री, प्राविधिक सुविधा र व्यावहारिक प्रशिक्षणको अभाव पनि एक प्रमुख चुनौती हो। दक्ष कामदारको अभावले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्दै आएको छ। पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महŒवपूर्ण योगदान पु¥याउने कुरामा अर्को कुनै शंका छैन। तर नेपालमा वास्तविक रूपमा पर्यटन क्षेत्रको विकास र विस्तारमा लगानी हुन नसक्दा यस क्षेत्रले जति योगदान पु¥याउन सक्थ्यो, त्यसको एक हिस्सा पनि हासिल हुन सकेको छैन।

वास्तवमा भन्ने हो भने नेपालको पर्यटन उद्योगलाई अझै बलियो बनाउन सरकार र निजी क्षेत्रले संयुक्त पहल गर्न आवश्यक छ। सरकारले पर्यटन उद्योगमा लगानी बढाउँदै आकर्षक नीतिहरू ल्याउनुपर्छ जसले गर्दा विदेशी पर्यटकको संख्या र उनीहरूको बसाइँ अवधि बढाउन सकियोस्। यसका लागि पर्यटकको आगमनलाई सहज बनाउन भिसा प्रक्रियालाई सरल पार्नुका साथै पर्यटनस्थलहरूको पूर्वाधार सुधार गर्नुपर्छ। विकासको सम्भाव्यता भए पनि नेपालको आतिथ्य उद्योग उद्योग सम्बन्धित दक्षता भएका मानव पुँजीको विकासका लागि अझ धेरै गर्नुपर्ने आवश्यकता छ। बितेको दुई दशकमा अन्तर्राष्ट्रिय होटल चेनरू नेपालमा खुल्नुका साथै लगानी पनि बढिरहेको छ। तर तिनका लागि चाहिने पर्याप्त जनशक्ति विकासमा अझै अभाव नै कायम छ।

शिक्षा र रोजगारीको पुल : शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा वास्तवमै एकातिर शैक्षिक बेरोजगारी बढेको छ भने अर्कातिर पर्यटन क्षेत्रले दक्ष जनशक्ति नपाउने समस्या छ। त्यसैले अब पर्यटन उद्योगमा लागेका व्यावसायिक संस्थाहरूले आतिथ्य सत्कार शिक्षा प्रदान गर्ने संस्थानहरूसँग सहकार्य गरी आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बेला भएको छ। शिक्षण संस्थानहरूलाई आधुनिक उपकरणहरू र प्रशिक्षण सामग्री उपलब्ध गराई विद्यार्थीलाई व्यावसायिक तालिम दिने व्यवस्थाका साथै पर्यटन उद्योगसँग सम्बन्धित विभिन्न पाठ्यक्रमहरूमा व्यावहारिक प्रशिक्षणलाई प्राथमिकता दिनु जरुरी भइसकेको छ।

आतिथ्य उद्योगमा करियर बनाउन चाहने धेरै प्रतिभाशाली व्यक्ति प्रायः आर्थिक अवरोधका कारण गुणस्तरीय शिक्षामा पहुँच गर्न असमर्थ रहँदै आएका छन्। त्यस कारण पनि हाम्रो शैक्षिक पाठ्यक्रम अझ व्यावसायिक शिक्षा प्रणालीमा सुधार आवश्यक छ। हालैका वर्ष नेपालको शिक्षा प्रणालीलाई आधुनिक जनशक्तिको आवश्यकतासँग राम्ररी तालमेल मिलाउन ध्यान केन्द्रित गरिरहेको छ। एउटा महत्त्वपूर्ण पहल भनेको उच्च कलेज स्तरमा व्यावसायिक शिक्षाको सुरुआत हो। हाल नेपालमा ४० भन्दा बढी शैक्षिक संस्थाले पर्यटन, होटल व्यवस्थापन र आतिथ्य सत्काबबरको उच्च शिक्षा प्रदान गर्दै आएका छन्।

यस सिलसिलमा नेपालमा नयाँ मोडल हो– पढ्दै–कमाउँदै अथवा ‘अर्निङ बाई लर्निङ’। यो अनुभवात्मक सिकाइ मोडेलले विद्यार्थीलाई विश्वस्तरको आतिथ्य शिक्षासँगै सीप र रोजगारी बढाउनमा सक्नेछ। यसअन्तर्गत शैक्षिक संस्थाहरू र पर्यटन उद्योगका साझेदारबीचको सहकार्यले विद्यार्थीका लागि इन्टर्नसिप अवसरहरू सहज बनाउने, उनीहरूलाई अध्ययन गर्दा बहुमूल्य कार्यक्षेत्र अनुभव प्राप्त गर्न सक्छन्। उद्योगसँग विश्वविद्यालयको डिग्रीको संयोजनले विद्यार्थीले सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपहरू दुवै समावेश गर्ने व्यापक शिक्षा प्राप्त गर्ने सुनिश्चित गर्छ। यस विधिबाट विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र प्राप्त नगरी व्यावसायिक सफलताका लागि आवश्यक दक्षता र मानसिकता पनि विकास गर्छन्।

शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा वास्तवमै एकातिर शैक्षिक बेरोजगारी बढेको छ भने अर्कातिर पर्यटन क्षेत्रले दक्ष जनशत्ति नपाउने समस्या छ। 

स्विस व्यावसायिक शिक्षा प्रणाली ‘कमाउँदा कमाउँदै सिक्ने र सिक्दासिक्दै कमाउने’को सफल कार्यान्वयनको प्रमुख उदाहरण हो। स्विट्जरल्यान्डमा ७० प्रतिशतभन्दा बढी विद्यार्थीले व्यावसायिक शिक्षाका लागि रोज्ने गरेका छन् भने उक्त देश विश्वको सबैभन्दा कम युवा बेरोजगारी दरमध्ये एक बन्न स्विस प्रणाली शैक्षिक संस्था र उद्योगबीचको नजिकको सहयोग ‘अन् द जब’ प्रशिक्षण लगायतका अभ्यास्यात्मक शिक्षा प्रणाली छ।

‘अर्निङ बाई लर्निङ’का फाइदाहरू

सीपको खाडललाई पूरा गर्ने : विद्यार्थीहरूलाई व्यावहारिक तालिम र उद्योग सम्बन्धित दक्षताहरू प्रदान गरेर, ‘अर्निङ बाई लर्निङ’ले नेपालको आतिथ्य उद्योगमा सीपयुक्त जनशक्तिको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ।

विद्यार्थीलाई सशक्तीकरण : यस दृष्टिकोणले सबै आर्थिक पृष्ठभूमिका विद्यार्थीलाई आतिथ्य क्षेत्रमा क्यारियर बनाउन सक्षम बनाउँछ।
अन् द जब तालिम : विद्यार्थीलाई होटेल, रेस्टुरेन्टहरू र अन्य आतिथ्य प्रतिष्ठानहरूमा अन् द जब प्रशिक्षण अवसरहरू प्रदान गर्छ। यसले उनीहरूलाई जीविकोपार्जन गर्दा व्यावहारिक अनुभव प्राप्त गर्न सक्छन्।

अर्थतन्त्रको विकास : सीपयुक्त जनशक्तिको अभावको समस्या सम्बोधन गरी हस्पिटालिटी उद्योगमा दक्ष पेसाकर्मीको संख्या बढाएर ‘अर्निङ बाई लर्निङ’ले पर्यटन क्षेत्र र समग्र अर्थतन्त्रको विकासमा योगदान पु¥याउनेछ।

नेपालमा यो मोडलको शिक्षण पहिलोपटक काठमाडौं युनिभर्सिटीअन्तर्गत काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)ले केही वर्षयता सञ्चालन गर्दै आएको छ। राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (गेट) यसका लागि साझेदार शैक्षिक प्रतिष्ठान हो। केयू गेट हस्पिटालिटी म्यानेजमेन्ट प्रोग्राम, ब्याचलर इन् प्रोफेसनल हस्पिटालिटी (बीपीएच) पर्यटन उद्योगमा केन्द्रित सेवाकालीन आतिथ्य सत्कार शिक्षाको मोडल हो। यस पाठ्यक्रममा भर्ना भएका विद्यार्थीले कमाउँदा कमाउँदै सिक्ने र सिक्दासिक्दै कमाउने अवसर प्राप्त गर्ने गरिएको छ।

परिस्कृत वास्तविक विश्वको सिकाइ, विश्वव्यापी मान्यतायुक्त शैक्षिक कार्यक्रम, उत्कृष्ट आतिथ्य सत्कार निकायहरूमा सेवा अवसर, विद्यार्थीका लागि दक्षतामा आधारित मूल्यांकन मापदण्डसहित आवश्यकतामुखी शिक्षण समावेश गरिएको छ। यस कार्यक्रमअन्तर्गत काठमाडौंका प्रमुख होटलबीच साझेदारी छ, जहाँ विद्यार्थीले शैक्षिक वर्षको केही अंश विभिन्न होटल विभागमा काम गर्छन्। यस अभ्यासले विद्यार्थीले वास्तविक समय पर्यटन तथा आतिथ्य सत्कार उद्योग अनुभव प्राप्त गर्छन्, जसले उनीहरूको शैक्षिक अध्ययनलाई पूरक बनाउँछ।

लचिलो कार्यक्रम संरचनाले विद्यार्थीहरूलाई पर्यटन तथा आतिथ्य सत्कार उद्योगमा पूर्ण समय जागिर कायम गर्दै काठमाडौं विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र वा डिग्री हासिल गर्न सक्छन्। यो मोडेल विशेषगरी विद्यार्थीका लागि लाभदायक छ, जसलाई आर्थिक सक्षमता आवश्यक छ वा दीक्षित हुनुअघि व्यापक कार्यक्षेत्रको अनुभव प्राप्त गर्न चाहन्छन्। यस कार्यक्रमको मुख्य उद्देश्यमध्येको एक आतिथ्य सत्कार र पर्यटन शिक्षा विशेषगरी सीमान्तकृत आर्थिक–सामाजिक पृष्ठभूमिबाट आएका विद्यार्थीलाई पहुँचयुक्त बनाउनु हो। यस सिलसिलामा तिनका लागि कमाउँदा कमाउँदै सिक्ने र सिक्दासिक्दै कमाउने अवसरका क्रममा छात्रवृत्ति र सेवाकालीन शैक्षिक अवसरहरू उपलब्ध हुनेछन्।

उदाहरणका लागि, विद्यार्थीले बिहान कक्षामा उपस्थित हुन सक्छन् र बाँकी समय पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा काम गर्न सक्छन्। यो दोहोरो संलग्नताले विद्यार्थीले कक्षाकोठाको ज्ञान सीधा आफ्नो काममा लागू गर्न सक्ने सुनिश्चित गर्छ। एक समन्वयात्मक सिकाइ वातावरण सिर्जना गर्छ।
- वज्राचार्य, गेटका डिन हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.