‘म सधैं अघि बढ्ने मानिस हुँ, यात्रामा ब्याक गियर लगाउन जानेको छैन’

हामी ‘स्टुपीड’ होइन, ‘ग्लोरियस हिस्ट्री’ निर्माण गर्छौँ : प्रधानमन्त्री ओली (पूर्णपाठ)

हामी ‘स्टुपीड’ होइन, ‘ग्लोरियस हिस्ट्री’ निर्माण गर्छौँ : प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विगत, वर्तमान र भविष्यप्रति न्याय गर्ने सभ्य समाजको रुपमा विकास गर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले नयाँ सरकारले ‘स्टुपीड’ होइन, ‘ग्लोरियस हिस्ट्री’ निर्माण गर्ने मार्गमा रहेको बताएका हुन्।

उनले भने, ‘हामी हाम्रो समाजलाई विगत, वर्तमान र भविष्यप्रति न्याय गर्ने र ज्ञान हस्तान्तरण गर्ने संरचनासहितको सभ्य समाजको रुपमा विकास गर्न चाहन्छौं। हामी ‘स्टुपीड’ होइन, ‘ग्लोरियस हिस्ट्री’ निर्माण गर्ने मार्गमा छौं।’

अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको भन्दै प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र होइन, देशको पूरै बजार चलायमान हुने दाबी गरे।  

‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा ब्याक गियर लगाउन र पछि सर्न जानेको छैन। हामी सबैले महशुस गरेको कुरा–अहिले विकासको मुख्य तगारो अस्थिरता हो। अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ।’ ओलीले भने,‘हामीले बुझ्नु पर्ने कुरा के छ भने संविधान विकासको वाहक हुनुपर्छ, बाधक होइन। विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ। मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ। यसमा राष्ट्रिय सहमति हुनेछ।’

उनले देशमा छाएको निराशा चिर्न सबै दल र सांसद असहमत हुनुपर्ने कारण आफूले नदेखेको बताए। ‘देशमा देखापरेको यो आर्थिक संकटको घडीमा मलाई विश्वासको मत दिएर सिंगो सदन एक भएको सन्देश दिई आम जनतालाई उत्साहित र उत्प्रेरित गर्न म यस सम्मानीत सदनलाई हार्दिक अनुरोध गर्दछु।’प्रधानमन्त्री ओलीले भने,‘राष्ट्रिय राजनीतिलाई देश केन्द्रित, जनता केन्द्रिततर्फ लगौं मेरो आग्रह छ। विकासका प्रश्नहरुमा केन्द्रित हौ। सुशासनका प्रश्नहरुमा केन्द्रित हौ। मेरो आग्रह छ।’

यस्तो छ प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधन


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.